गोविन्द केसीका माग शतप्रतिशत पूरा हुनुपर्छ, नत्र हामी सडक संघर्ष गर्छौं  : नेता यादव 

प्रकाशित मिति : : सोमवार, असार ३२, २०७५

काठमाडौं, ३२ असार । अनशनरत डाक्टर गोविन्द केसीका मागहरु सरकारले शतप्रतिशत पूरा गर्नुपर्ने बताएका छन् । उनले भने,‘डाक्टर केसीले उठाएका सबै मागहरु सरकारले पूरा नगरे सरकारलाइ जनताले कुनै हालतमा पनि माफी दिँदैन्, हाम्रो पार्टीले अहिले संसदमा संघर्ष गरिरहेको छ, आवश्यक पर्यो भने हामी सडक संघर्षमा समेत उत्रिन्छौं ।’

नेता यादवले डाक्टर केसीले मेडिकल शिक्षालाई राम्रो र गुणस्तरीय बनाउनको लागि विगत लामो समयदेखि प्रयास गरिरहेको सुनाउँदै उनको अनशन र सत्याग्रह आन्दोलनलाई राजनीति रंग दिन नहुने धारणा राखे । उनले भने,‘उहाँको अनशनलाई राजनीतिक रुपले हेर्नुहुँदैन्, केसीले कुनै सरकारलाई पनि समस्यमा पार्नु भएको छैन, उहाँसँग कुनै व्यक्तिगत स्वार्थ छैन् ।’

डाक्टर केसी अहिले एक्लो नभएको बताउँदै उनले भने,‘उहाँको पक्षमा अहिले नागरिक समाजहरु, सरकारकै पार्टीका सांसदहरुपनि केसीको पक्षमा हुनुहुन्छ।’ वर्तमान सरकार काठमाडौं उपत्यकामै मेडिकल कलेज खोल्न किन मरिहत्ते गरिरहेको छ भन्दै उनले प्रश्न समेत तेर्साए ।
नेपाली कांग्रेसको जनताको पार्टी भएकोले आफूहरुले डाक्टर केसीले उठाएका मागहरु कुनै पनि हालतमा मर्न नदिने प्रण गरे । उनले दोहोर्याएर भने,‘आवश्यक पर्यो भने हामी सडक संर्घषमा पनि उत्रिन्छौं ।’

विगतमा ५७ दिनसम्म संसद अवरुद्ध गर्ने पार्टी नै अहिले सरकारमा भएकोले कांग्रेसले जायज मागहरु सम्बोधन गर्नुपर्छ भनेर संसद अवरोध गर्दा किन आँत्तिएको भन्दै नेता यादवले सरकारलाई प्रश्न गरे । केसीले उठाएका मागहरु समस्त नेपाली जनताको भएकोले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार पनि लोकतान्त्रिक सरकार भएकोले केसीको माग सम्बोधन गर्न ढिलाई गर्न नहुने उनको सुझाव छ ।