स्विमिङ पुलमा डुबेर बालिकाको मृत्यु

प्रकाशित मिति : : मङ्लबार, साउन १, २०७५

बाँके, साउन १ । कोहलपुर नगरपालिका–११ स्थित स्प्लेस्यास जोनको हाताभित्र रहेको स्विमिङ पुलमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।

विद्यालय बिदा भएको मौका छोपी साथीसँगै स्विमिङ पुल पुगेकी १० वर्षीया बालिका अपेक्षा शर्माको सोमबार साँझ पौडी खेल्ने क्रममा डुबेकी थिइन् ।

होटलले तत्काल उद्धार गरी कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा पुर्याय पनि उपचारको क्रममा बालिकाको मृत्यु भएको इलाका प्रहरी कार्यालय, कोहलपुरले जनाएको छ ।

स्विमिङ पुल सञ्चालक ३२ वर्षीय सूर्यदय श्रेष्ठ र २१ वर्षीय विजय शाहीलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान शुरु गरिएको छ ।