सरकार फोहर फाल्न रेल नै कुर्नुपर्ने हो ?

प्रकाशित मिति : : मङ्लबार, साउन १, २०७५

nayashakti -akhabardainik

काठमाडौं, साउन १ । नयाँ शक्ति पार्टी नेपालले आज माइतीघर मण्डलामा प्रदर्शन गरेको छ ।

काठमाडौमा फोहोर अनियन्त्रित भएपछि आज  मण्डलामा प्रदर्शन गर्दै नयाँ शक्तिले सरकारको  ध्यानाकर्षण गराएको छ । प्रदर्शनमा आएका मानिसहरुले टोपिमा लेखेका छन्,‘सरकार ! फोहर फाल्न रेल नै कुर्नु पर्ने हो’ ?

माइतीघर मण्डलामा आँज नयाँ शक्तिले जनजीविका, विकास लगायतका माग राख्दै प्रदर्शन गरेको हो । पछिल्लो केही दिन बाट काठमाडौंमा फोहोर व्यवस्थापन भएको छैन ।