मोदीको नेपाल भ्रमणमा कति भयो खर्च ? खर्चको बिल सार्वजनिक

प्रकाशित मिति : : मङ्लबार, साउन १, २०७५

https://www.akhabardainik.com/wp-content/uploads/2018/07/modi-and-oli.jpg

काठमाडौं, साउन १ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर भ्रमणमा आउँदा भएको व्यवस्थापन खर्चको बिल सार्वजनिक भएको छ । जनकपुर उपमहानगरपालिकाले मोदी भ्रमणमा १ करोड ८४ लाख ९८ हजार ५ सय ७९ रुपैयाँ खर्च भएको बिल तयार गरेको छ।

उपमहानगरपालिका कार्यालयले यही असार ७ गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई यो रकम निकासाका लागि पत्राचार गरेको पाइएको छ। उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उमेश ढुंगानाले मोदीको भ्रमण सिलसिलामा १ करोडभन्दा बढी खर्च भएको भन्दै उक्त रकम निकासा गरिदिन मन्त्रालयलाई अनुरोध गरिएको बताए ।

अन्नपूर्ण पोस्टले लेखेको अनुसार निर्माण तथा मर्मत (सडक एवं नाला)मा ७५ लाख ३४ हजार, मिथिला पेन्टिङ, रंगरोगन, चित्रकलासमेतमा ६७ लाख १० हजार खर्च भएको देखाइएको छ। नागरिक अभिनन्दन, सौन्दर्यीकरण, प्रचारप्रसार, सरसफाइ, पारि श्रमिक, विद्युतीकरण, झन्डा तथा सञ्चालन खर्चसमेत गरी ४२ लाख ५३ हजार खर्चिएको जनाइएको छ।