मेयर तारा सुब्बाको निधन

प्रकाशित मिति : : मङ्लबार, साउन १, २०७५

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाको निधन भएको छ । दुई सातादेखि काठमाडौंको ग्राण्डी अस्पतालमा उपचाररत उनको मंगलबार दिउँसो निधन भएको हो ।

मेयर सुब्बालाई छातीमा निमोनियाको इन्फेक्सन भएको थियो । सुब्बालाई एक सातासम्म आईसीयुमा राखेर नर्मल बेडमा सारिएको थियो । विगतमा मृगौला प्रत्यारोपणसमेत गरिएको हुनाले सुब्बाको शारीरिक अवस्था कमजोर रहेको थियो ।

२०७४ सालमा भएको स्थानीय निर्वाचनमा सुब्बा तत्कालिन नेकपा एमालेका तर्फबाट धरान उपमहानगरपालिकाको मेयरमा २० हजार ९ सय ७५ मत प्राप्त गरी निर्वाचित भएका थिए ।