विश्वकप फ्रान्सले होइन, अफ्रिकाले जितिको हो : अमिताभ बच्चन

प्रकाशित मिति : : बुधबार, साउन २, २०७५

बलिउड । बलिउड अभिनेता अमिताभ बच्चनले विश्वकप फ्रान्सले नभएर अफ्रिकाले जितेको बताएका छन् । आइतबार रसियामा सम्पन्न विश्वकप फाइनलमा फ्रान्सले क्रोएसियालाई ४–२ गोलले हराउँदै उपाधि चुमेको थियो ।

अमिताभले फाइनल पछि ट्वीट मार्फत यस्तो भनेपछि उनी आलोचित हुनु पर्यो भने ट्रोलको सिकार पनि बन्नु पर्यो । फ्रान्सको टोलीमा अधिकांश अफ्रिकी मुलका खेलाडी भएको भन्दै अमिताभले यस्तो ट्वीट गरेका थिए ।

उनलाई विश्वकप जितको श्रेय फ्रान्सलाई नभई अफ्रिकालाई दिएको भन्दै अमिताभबाट यस्तो अपेक्षा नगरेको उनको ट्वीटमा प्रतिक्रिया दिनेहरुले लेखेका छन् ।