आँज देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द

प्रकाशित मिति : : बिहिबार, साउन ३, २०७५

gobinda kc -akhabardainik

काठमाडौं, ३ साउन ।  नेपाल चिकित्सक संघको अगुुवाइमा बिहीबार देशभरिका सरकारी तथा निजी स्वास्थ्य संस्थाले आकस्मिक बाहेकका उपचार सेवा ठप्प पारेका छन् ।

चिकित्सा शिक्षा सुधारको मागसहित २० दिनदेखि जुम्लामा अनशनरत डा.गोविन्द केसीकाे माग सरकारले सुनुुवाइ नगरेको भन्दै संघले अाकस्मिक बाहेकका सेवा बन्द गराएकाे नेपाल चिकित्सक संघले जनाएको छ ।

डाक्टर केसीको माग पूरा गर्न १९ दिनसम्म समय दिँदा पनि सरकारले वेवास्ता गरेको र केशीको स्वास्थ्य अत्यन्तै जोखिममा परेपछि बाध्य भएर अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द गर्नुपरेको चिकित्सक संघका अध्यक्ष मुक्तिराम श्रेष्ठले जानकारी दिनुभयो । उहाँले दिउँसो १२ बजे काठमाडौंको माइतीघर मण्डलामा भेला भएर सरकारलाई दबाब दिने पनि बताउनुभयो ।