डा. केसीलाई सरकारले अपहरण गरेर ल्याउन खोजेको खुलासा ! (अडियोसहित)

प्रकाशित मिति : : बिहिबार, साउन ३, २०७५

https://www.akhabardainik.com/wp-content/uploads/2018/07/gobinda-kc-akhabardainik-2.jpg

काठमाडौं,साउन ३ । जुम्लामा आमरण अनसनरत डा. गोविन्द केसीले आफलाई सरकारले अपहरण गरेर काठमाडौ ल्याउन लागेको आरोप लगाएका छन् ।

कणार्ली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २० दिनदेखि अनसनरत डा. केसीको स्वास्थ्य अवस्था गम्भीर बनेपछि सरकारले बिहीबार बिहानै हेलिकोप्टर पठाएको थियो । तर, डा. केसीले आफूलाई सरकारले अपहरण गरेर काठमाडौं लैजान खोजेको आरोप लगाएका छन् ।
डा. केसीले भने, ‘मलाई अपहरण गरेर काठमाडौं लैजाने प्रयास भइरहेको छ । सरकार हाम्रो अभियान तुहाउने प्रयत्न गर्दैछ भन्ने सुन्नमा आएको छ ।’

यदि राज्य मेरो स्वास्थ्यप्रति चिन्तित छ भने मेरो माग पूरा गर्नेतिर लाग्नु पर्‍यो । त्यसो भएमा म आफैं अनसन तोडिहाल्छु उनले अडियोमा भनेका छन् ।’

अडियो राज कुमार श्रेष्ठ बाट