अब तुइन हटाएर केबलकार चलाउँछौ : प्रधानमन्त्री ओली

प्रकाशित मिति : : शुक्रबार, साउन ४, २०७५

kp oli provinance 5 -akhabardainik

काठमाडाैँ, ४ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले गण्डकी प्रदेशलाई पहिलोपटक बिहीबार सम्बोधन गरेका छन् । बिहीबारको पहिलो संसद बैठकमा नै सम्बोधन गर्ने क्रममा उनले रेल र पानीजहाजका कुरा नै दोहोर्याए। गण्डकी प्रदेशको सम्भावनाको विषयमा बोल्ने अनुमान गरिए तापनि उनले अन्यत्रै बोलिसकेको कुरा गर्न सवा घण्टा खर्चिए। सम्बोधनको सुरुवाती क्रममा गण्डकी प्रदेशको प्रशंसा गरे तापनि रेल र पानीजहाजमा नै उनले जोड दिए।

रेललाई नै जोड दिएका ओलीले त्यसमा मिनिरल वाटरलाई जोडे। उनले भने, ‘हाम्रोमा बाहेक मिनरल वाटर कुनै देशमा बन्दैन। छानेको पानी मिनरल वाटर बन्छ ? थपे– खोलामा बगेको पानी बोतलमा भरेर बेच्यो भने मात्रै देश धनी बन्छ। रेल चलाएपछि ल्याउने सामान अरु होला तर पठाउने वस्तु मिनरल वाटर हो।’

तुइन हटाएर केबलकार चलाउँछौ’

प्रधानमन्त्री ओलीले  पहिले नै देशलाई तुइनमुक्त गर्नेेजना भए पनि केही अझै बाँकी रहेको उनको भनाइ थियो । ४७ वटा तुइन बिस्तापित हुने क्रममा रहेको उनले जानकारी दिए ।

प्राविधिक हिसाबले एक सय जति तुइन हटाएर अरु संरचना बनाउन नमिल्ने खालका देखिएको बताउँदै ओलीले बरु केबल राख्ने तुइन चाहिँ हटाएरै छोड्ने प्रतिवद्धता जनाए । ‘तुइनको डोरी टाँग्न मिल्ने अरु नमिल्ने भन्ने त नहोला । त्यस्तो ठाउँमा बरु केबलकार चलाइन्छ, तुइन हटाइन्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘नेपालमा तुइन पनि थियो रे, मान्छेहरु डोरीमा झन्डिएर नदी तर्थे रे भन्ने दिन आउन अब टाडा छैन ।’

प्रधानमन्त्री ओलीले नेपालमै स्तरीय चिकित्सा शिक्षा नहुँदा बर्सेनी ४ सय विद्यार्थी नेपालमा नाम निकालेर बाहिरी देशमा जाने गरेको बताए । ‘५० लाखका दरले ४ सय जनाले बाहिर खर्च गर्दा कति पैसा गयो बिचार गर्नुस्’ नेपालमा गुणस्तरीय स्वास्थ्य शिक्षाको आवश्यकता रहेको भन्दै उनले भनेका छन् । पत्रपत्रिका बाट