‘कांग्रेसले गर्दा गोविन्द केसी उठे’ भन्ने गगनलाई रवीन्द्र मिश्रले यसरी सुताए !

प्रकाशित मिति : : शनिबार, साउन १२, २०७५

rabindra and gagan-akhabardainik

काठमाडौँ । सरकार र गोविन्द केसीबीच सहमति भएपछि गोविन्द केसीका मागमा सँगै आन्दोलन गर्ने गगन थापा र साझा विवेकशील पार्टीबीच दोहोरी सुरु भएको छ ।

साझा विवेकशील पार्टीका नेता रवीन्द्र मिश्रले थापालाई काङ्ग्रेसकै कारण डा. गोविन्द केसीले अनसन बस्नुपरेको भन्दै कटाक्ष गरेका छन् ।

शुक्रबार संसद बैठकमा काङ्ग्रेस सांसद थापाले ‘काङ्ग्रेस नउठको भए गोविन्द केसी सुतेको सुत्यै हुन्थे’ भनेर दिएको अभिव्यक्तिको मिश्रले आलोचना गरेका हुन् ।

मिश्रले सामाजिक सञ्जाल ट्वीटरमा काङ्ग्रेसका नेताहरुले निहित स्वार्थमा ‘समाजवाद’ नर्बिसिएको भए डा. केसी अनसन बस्नै नपर्ने जवाफ दिएका छन् । उनले अहिले आफूलाई समाजवादी भन्न रुचाउने काङ्ग्रेस नेताहरुलाई समाजवादले शिक्षा र स्वास्थ्यलाई यसरी व्यापारिकरण कहिल्यै नगर्ने सुझाव समेत दिएका छन् ।

रवीन्द्र मिश्रले ट्वीटमा लेखेका छन्, :  कांग्रेसले समाजवाद नबिर्सिएको भए :

संसदमा बोल्दै गगन थापाजीले “कांग्रेस नउठेको भए डाक्टर केसी सुतेकोसुत्यै हुन्थे” भन्नुभएछ। तर कांग्रेसका अग्रज नेताहरूले निहित स्वार्थमा जागेर ‘समाजवाद’ नबिर्सिएको भए डाक्टर केसी सुत्नै पर्दैनथियो। वास्तविक समाजवादीले शिक्षा र स्वास्थलाई यसरी व्यापारीकरण कहिल्यै गर्दैनन्।