कार्ल मार्क्सको जन्मस्थलमा पुगेपछी डा. भट्टराईले यस्तो भने !

प्रकाशित मिति : : आइतवार, साउन १३, २०७५

baburam bhatrai -akhabardainik

काठमाडौँ,साउन १३ । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई यतिबेला युरोप भ्रमणमा छन् । युरोप भ्रमणको क्रममा डा. भट्टराई कार्ल माक्र्सको जन्मस्थलमा पुगेका छन् ।

कार्ल माक्र्सको जन्मस्थल जर्मनीको ट्रियर शहर पुगेपछी डा. भट्टराइले दुइ सय बर्ष पहिलेको कार्ल माक्र्सको घर र पारिवारिक परिवेसको प्रत्यक्ष अवलोकन गरेका छन् । । भट्टराइले आगन्तुक पुस्तिकामा मानव इतिहासका यी श्रेठतम विचारकप्रति शब्दसम्मान प्रकट गर्दा गर्वको अनुभूति भएको बताएका छन् ।

उनले ट्वीटमा लेखेका छन्, कार्ल माक्र्सको पूजा हैन उनका विचारको प्रयोग र समयानुकुल विकास गर्नुपर्ने वोध भएको छ ।

भट्टराईले ट्वीटमा यस्तो लेखेका छन्, : कार्ल मार्क्सको जन्मस्थल Germany को Trier शहर पुगेर दुइ सय बर्ष पहिलेको उनको घर र पारिवारिक परिवेसको प्रत्यक्ष अवलोकन गरियो।आगन्तुक पुस्तिकामा मानव इतिहासका यी श्रेठतम विचारकप्रति शब्दसम्मान प्रकट गर्दा गर्वको अनुभूति भयो। उनको पूजा हैन उनका विचारको प्रयोग र समयानुकुल विकास गर्नुपर्ने गहिरो वोध गरियो !