मन्त्री पद छाडेका शेरबहादुर पत्निले श्रीमानबारे मुख खोलिन् !

प्रकाशित मिति : : मङ्लबार, साउन १५, २०७५

पद आउछ जान्छ ठुलो बिषय होइन ! मन्त्री र साम्सद बन्नु पनि ठूलो कुरो होइन ! हामी कसैलाई ठूलो लाग्दो हो भने त्यो पनि ठुलै भ्रम हो भन्ने मलाई लाग्दछ। किन भने यो महत्त्वपूर्ण जिम्मेवारी मात्र हो र पद सधै अस्थाई हुने गर्छ तर कामको आधारमा कमाइने प्रतिष्ठा सधैं बाचिरहन्छ !

सन्दर्भ जोड्न खोजेको मैले के हो भने क. शेर बहादुर तामाङको मन्त्री पदको राजिनामा र राजीनामा सङगै उब्जिएको प्रश्न ! ?
मुलुक भ्रस्टाचार ले अक्रान्त छ ! भ्रस्टाचार को अन्त्य बिना समृद्धि निर्माण हुन सक्दैन ।

भ्रष्टचार अन्त गरेर समृद्धि निर्माण गर्ने अभियान मा लागेको यो सरकार र नेतृत्व को निर्देशन बमोजिम कुरा मात्र होइन काममा निस्ठा देखाए क. शेर बहादुर तामाङले ! सोझा र इमानदार मात्र होइन मलाई त वाहा गौतम बुद्ध जस्तै लाग्छ !

मान्छेको हद हुन्छ हद भन्दा सान्त सुशील मान्छे हो वाहा ! श्रीमानले श्रीमती लाई माया मात्र होइन सम्मान पनि दिनु पर्छ मलाई तेस्तो लाग्थ्यो ! यो जगतमा , मेरो यो जुनिमा कुनै लोग्ने मान्छे बाट मैले पाएको उच्च सम्मान वाहा बाटै हो ! महिला को आत्मा सम्मान, पहिचान को बिषयमा म लडेको पहिलो संविधान सभा र वाहाको साथ म जिबनमा बिरसन्न ।

क शेर बहादुर तामाङ जब कानुन मन्त्री बन्नु भयो निकोइ दुस्साहसि काम थालनी गर्नु भयो । यश मानेमा दुस्साहसि हो कि भ्रस्टाचार ले अक्रान्त यो मुलुकमा भ्रष्टाचार अन्त्य गर्छु त्यो पनि कानुन बनाएर भन्नू निकै जटिल कुरा हो भन्ने म बुझ्ह्दै थिए ।

भ्रस्टाचार अन्त्य गर्ने , न्यायलयको पार्दर्शिता न्यायलयको स्वोचछता, न्यायाधीश हरुको सम्पत्ति सार्बजनिक हुने ब्यबस्था , सार्बजनिक पद धारण गर्ने ब्यक्ति हरुको सम्पत्ति सार्बजनिक गर्ने र दातृ रास्ट्रहरु बाट हाम्रो मुलुकमा आउने पैसा पारदर्शी र एक द्वार प्रणालीअनुसार हुनु पर्ने , न्यायाधीश नियुक्ति हुदा हुने पैसाको चलखेल पुरोइ निष्क्रिय र अन्त्य गर्ने बिषय हरु चान्चुने थिएनन !

यो कामको थालनी कम्तीमा क शेर बहादुर तामाङ्ले गर्नु भो ! म एउटा ब्यक्ति जसले वाहालाई नजिक बाट चिन्छदछु वाहाले गरेको काम प्रति नत मस्तक छु! एकचोटि सलाम कमरेड भन्न मन लागेको छ !
धेरै साथी हरु को स्टस्ट्समा क . शेरबहादुर को समर्थन गर्दै उल्लेख छ सत्यको जित कहाँ हुन्छ र सतिले सरापेको देशमा ! ??

तर साथीहरू !!! भगवान गौतम बुद्ध ले भनेका छन सन्सार मा तीन कुरा लामो समय छुप्दैन ती हुन चन्द्र , सुर्य र सत्य !

सत्य बाहिर आईसकेको छ । सत्य बाहिर आउदै जानेछ । वाहाको बङलादेशमा पढ्ने हाम्री छोरिहरुको चित दुखाउने कुनै नियत थिएन बरु हाम्री छोरी हरुले अर्काको देशमा भोग्नु पर्ने समस्या र हिंसा अन्त्य गर्नु पर्ने आबस्यक्ता उजागर गर्न खोज्नु भएको थियो । सब्द सब्द खोज्दा एउटा सब्द ले चेलिहरुको चित दुखेको मा आफै दुखी हुँदै माफी माग्नु भो त्यतिले पुगेन नैतिकताको आधारमा राजिनामा दिनु भो !
वाहाले पत्रकार सम्मेलन मा भक्कनिदै भनेका सब्दहरु !! ??

वाहाले थालेको भ्रस्टाचार बिरोधि अभियान अब हाम्रो काधमा छ! त्यो सरकारले पुरा गरोस् ! यो बिषयमा , न्यायको पक्षमा उभिएर हामिलाई एक्यवद्धता गर्नु हुने , हामिलाई घरमै आएर सान्त्वना सद्भाभाब प्रकट गर्नु् हुने , फोन मार्फत भन्नू हुने र फेस बुक ट्विटर मार्फत आफ्ना अमुल्य भनाई लेखेर साथ दिनु हुने हाम्रा नेता, नेतृत्व, बुद्धिजीवी, लेखक , पत्रकार तथा सर्बसाधरण जनता प्रती हार्दिक सलाम ! हार्दिक आभार व्यक्त गर्दछु !!!

राईको फेसबुकबाट