ओलीजीले भनेको कुरा साच्चै सहि हो, नेपाली कांग्रेस माइतीघर मण्डलामा नै सिमित भएको छ : रवीन्द्र मिश्र

प्रकाशित मिति : : शुक्रबार, साउन १८, २०७५

rabindra mishra -akhabardainik

काठमाडौँ, साउन १८ । विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले प्रमुख विपक्षि दल नेपाली कांग्रेस माइतीघर मण्डलामा सिमित भएको अभिव्यक्ति दिएका छन् ।

केहि हप्ता अगाडी प्रभानमन्त्री केपी शर्मा ओलीले भनेको भनाइ सहि भएको भन्दै मिश्रले कांग्रेस माइतीघर मण्डलामा सिमित भएको बताए ।नेपाल टेलिभिजनको वाइड यङ्गल कार्यक्रममा मिश्रले यस्तो बताएका हुन् ।

नेपाल टेलिभिजनबाट प्रशारण हुने वाइड यङ्गल कार्यक्रमको हाइलाइटमा मिश्रले भनेको यस्तो अभिव्यक्ति सार्बजनिका गरेको हो । मिश्रले कार्यक्रममा भनेका छन्, केपी ओलीजीले भनेका के कुरा सहि हो । नेपाली कांग्रेस खुम्चीएर माइतीघर मण्डलामा सिमित भएको भन्ने कुरा एक हदले सहिनै हो ।

उनले भनेका छन् विपक्षी दल यसरी अलमलीएको छ कि लथालीङ्ग स्तिथिमा छ । यो सरकारको कुन कुन काममा सन्तुष्ट हुनुहुन्छ ?  भन्ने प्रश्नमा मिश्रले भनेका छन्, मेरो दिमागमा केहि पनि आएको छैन ।

कार्यक्रमको पुरा अंश आज शुक्रबार ९ ३० मा नेपाल टेलिभिजनबाट प्रशारण हुदैछ । उनले किन यस्तो भनेका थिए त्यो त आजको पुरा कार्यक्रम आएपछी सबै कुरा छर्लङ्ग हुने नै छ ।

यस्तो छ हाइलाइट भिडियो :