न्यायाधीशहरु सचेत रहनुहोस् : योगेश भट्टराई (भिडियो सहित)

प्रकाशित मिति : : आइतवार, साउन २०, २०७५

योगेश भटराई

काठमाडौँ, साउन २० । नेपाल कम्युनिष्ट पार्टीका नेता योगेश भट्टराईले न्यायाधीशहरुलाई सचेत रहन आग्रह गर्नु भएको छ ।

जनता टेलिभिजनसँगको कुराकानीमा सांसद भट्टराईले हरेक न्यायाधीशले गरेको फैसला अब संसदीय विशेष सुनुवाई समितिले अध्ययन गर्ने बताउनुभयो । विगतमा राजनीतिक अस्थिरताको फाइदा उठाएर न्यायालयमा जति बेथिति भए आगामी दिनमा त्यस्तो हुन नदिने दाबी गर्नुभयो ।

सांसद भट्टराईले प्रधानन्यायाधीशमा सिफारिस दीपकराज जोशीको सुनुवाइबाट न्यायाधीशहरुलाई सचेत रहन आग्रह गर्नुभयो ।

भिडियो जनता टेलिभिजबाट :

श्रीमानहरू अव सचेत रहनुहोस् – योगेश भट्टराई

JanataSamacharさんの投稿 2018年8月4日土曜日