टोलीसँगै किन फर्किएनन् सन्दिप ?

प्रकाशित मिति : : सोमवार, साउन २१, २०७५

sandip lamichane-akhabardainik

काठमाडौँ, साउन २१। नेपाली टिमका युवा स्पिनर सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न आइतबार वेस्ट इण्डिज गएका छन् । नेदरल्याण्ड्सबाट उनी वेस्ट इण्डिज गएका हुन् ।

सन्दीप सिपिएल टिम सेन्ट किट्स एण्ड नभिस पाट्रिओट्ससँग आवद्ध भएका थिए । सिपिएल यही साउन २२ गतेदेखि भदौ ३१ गतेसम्म हुनेछ । सिपिएलमा ६ टोली सहभागी हुनेछन् ।

स्वदेश फर्कियाे टाेली

नेदरल्याण्ड्सविरुद्ध ऐतिहासिक एकदिवसीय क्रिकेट शृङ्खला खेलेको नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्किएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले नेदरल्याण्ड्ससितको एकदिवसीय खेलमा नेपालको प्रदर्शन राम्रो रहेको बताए ।