‘२० रुँपैयाको चप्पल किन्न नसक्ने मान्छे नेता बनेपछि करोडको गाडी चढेर हिड्छन्’ (भिडियाे सहित)

प्रकाशित मिति : : मङ्लबार, साउन २२, २०७५

काठमाडाै,साउन २२ ।  चीन र भारत दुईवटा ठूला साँढेको बिचमा हामी तोरी बारीको रुपमा छौ।दुईवटा साँढे जुधेको-जुध्यै छन् तोरीबारीको सत्यानाश।हाम्रो बिचमा जुध्ने दुईवटा साँढे त छदै थिए भारतको आफ्नो स्वार्थ र चीनको पनि आफ्नै स्वार्थ।त्यो हुँदाहुँदै पश्चिमा शक्ति नेपालमा पसेको छ जुन हत्तपत्त देखिदैन।

नेपालमा भारतले नांगो रुपमा हस्तक्षेप गर्छ तर त्यो भन्दा अझ शक्तिशाली अरुले नेपालमा काम गरिरहेका छन् त्यो हत्तपत्त हामी देख्दैनौ। तिनीहरुले गर्दा धर्म निरपेक्ष र मुलुकमा संघीयता आयो सगरमाथा टेलिभिजनको कार्यक्रम सगरमाथा विशेषमा कुराकानी गर्दै राजनीतिक शास्त्री एवं त्रिभुवन विश्वविधालयका सहप्रध्यापक दीपक गजुरेलले उक्त कुरा बताएका हुन्।

नेपालका राजनीतिक दलले हिन्दीमा संविधान ल्याएर अनुवाद गरेर नेपालको संविधान जारी गरेका र भारतले जहाँ भन्यो त्यहि हस्ताक्षर गर्ने राजनीतिक दलहरुले नेपालको हितमा काम गर्लान् भन्ने आफूलाई विश्वास नभएको गजुरेलको भनाई छ।

गजुरेलले अगाडि भने-‘मसँग स्कुल,युनिभर्सिटि पढ्दा २० रुँपैयाको चप्पल किन्न नसक्ने मान्छे नेता बनेपछि करोडको गाडी चढेर हिड्छन्।’