सुन प्रतितोला ५६ हजार १ सय रुपैयाँ कायम

प्रकाशित मिति : : मङ्लबार, साउन २२, २०७५

काठमाडौं । मंगलबार सुन प्रतितोला ५६ हजार एक सय रुपैयाँ कायम भएको छ । सोमबार पनि यहि मूल्यमा सुनको कारोबार भएको थियो । तेजावी सुने ५५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यता चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी प्रतितोलामा ७ सय ३५ रुपैयाँमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।