एनएमबी बैंकले १५ प्रतिशत बोनस शेयर दिने

प्रकाशित मिति : : बुधबार, साउन २३, २०७५

काठमाडौं । एनएमबी बैंकले चुक्ता पुँजीको १५ प्रतिशतका दरले बोनस सेयर जारी गर्ने प्रस्ताव पारित गराउन साधारणसभा बोलाएको छ । बैंकले १ अर्ब १४ करोड ४ लाख ९३ हजार ५ सय ९५ रुपैयाँ बराबरको बोनस शेयर वित्तरण गर्ने जनाएको छ ।

सो वित्तरणका लागि साधारणसभाबाट पारित गराउनुपर्ने भएकाले बैंकले साउन ३१ गते साधारणसभा बोलाएको हो । बैंकले चुक्ता पुँजीको ०।७८९५ का दरले हुन आउने ६ करोड २५ हजार ९ सय ७९ रुपैयाँ नगद लाशांश प्रस्ताव पनि स्वीकृत गराउनेछ । साधारणसभा स्टाफ कलेज जावलाखेलमा हुनेछ ।

यस्तै बैंकले जारी पुँजी ७ अर्ब ६० करोड ३२ लाख ९० हजार ६ सय ३४ रुपैयाँबाट बृद्धि गरेर ८ अर्ब ७४ करोड ३७ लाख रुपैयाँ पुर्याउँन पनि साधारणसधाले स्वीकृति प्रदान गर्नेछ ।