नेकपाको ‘हेडक्वार्टर’ धुम्बाराहीमा राख्ने निर्णय

प्रकाशित मिति : : शुक्रबार, साउन २५, २०७५

काठमाडाैँ,साउन २५ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी हेडक्वार्टर धुम्बाराहीलाई बनाउने निर्णय गरेको छ।

बिहीबार बसेको सचिवालय बैठकले पेरिसडाँडालाई जनवर्गीय संगठनको कार्यसलय बनाएर धुम्बाराहीलाई हेडक्वार्टर बनाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

‘सचिवालय बैठकले पार्टी हेडक्वार्टर धुम्बाराहीमा रहने निर्णय गरेको छ’, प्रवक्ता श्रेष्ठले भने, ‘पेरिसडाँडालाई जनवर्गीय संगठनको कार्यलय रहने छ।’ सँगै बैठकले मन्त्री, मेयर, उपमेयर गाउँपालिकाका अध्यक्ष र उपाध्याक्षसम्मलाई कार्यकारी पदको जिम्मेवारी नदिने निर्णय गरेको छ।

तत्कालीन एमाले र माओवादी एकता हुनुअघि धुम्बाराहीमा एमाले र पेरिसडाँडामा माओवादीको हेडक्वार्टर थियो ।