प्रचण्डको भारत र चीन भ्रमणको मिति तय

प्रकाशित मिति : : शुक्रबार, साउन २५, २०७५

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष प्रचण्डको भारत र चीन भ्रमण मिति तय भएको छ । प्रचण्डले भदौ २२ देखि २७ सम्म भारतको भ्रमण गर्नेछन् भने असोज १ मा साता व्यापी चीन भ्रमणका लागि बेइजिङ जानेछन् ।

त्यस्तै असोज एक गतेदेखि एकहप्ता लामो चीन भ्रमण गर्ने भएका छन्। नेकपाको एकिकरण पछि प्रचण्ड पहिलो पटक विदेश भ्रमणमा निस्कन लागेका हुन्। प्रचण्डको भ्रमणलाई पहिले आफ्नो देशमा गराउनको लागि काठमाडौंमा रहेका भारतीय र चिनिया दूतावास सक्रिय भए पनि प्रचण्डले पहिले भारतको भ्रमण गर्ने निर्णय गरेका छन्।