अशोकको ‘मन बिनाको धन ठुलो कि धन बिनाको मन’ले पायो फिल्ममा पनि स्थान

प्रकाशित मिति : : शुक्रबार, साउन २५, २०७५

man binako dhan thulo ki

काठमाडौं । पछिल्लो समय निकै नै भाईरल भएर बिवादमा समेत आएको “मन बिनाको धन ठुलो कि धन बिनाको मन” गीत अब चलचित्रमा पनि सुन्न र देख्न पाईंने भएको छ ।

नायक जय किशन बस्नेतले पछिल्लो समय निर्माण गरेर हाल पोष्ट प्रोडक्सनको अन्तिम चरणमा रहेको चलचित्र “धूम ३” मा समाबेस गरिने भएपछि उक्त गीतलाई यो अवसर जुरेको हो । “मन बिनाको धन ठुलो” गीतसँगै यसका संगीतकार तथा गायक टंक बुढाथोकी पछिल्लो समय चर्चा र बिवाद दुवैमा छन् भने उनलाई आफ्नो चलचित्र जञ्जिरबाट संगीतकारमा ब्रेक दिएका जय किशन बस्नेतसँग पनि बुढाथोकीको दुरी बढेको छ ।

करीब साढे दुई दर्जनको संख्यामा निरन्तर आफ्ना चलचित्रमा बुढाथोकीलाई संगीतकारमा लिई रहेका नायक बस्नेतले पछिल्लो आफ्नो महत्वाकांक्षी चलचित्र “धूम ३” मा पनि टंकलाई नै लिएका थिए । बुढाथोकीकै संगीत र स्वर समेत रहेको “धूम ३” मा समावेश गरिएको तिम्रो हेराईले यो मनलाई बोलको गीत सार्वजनिक भएको दुई दिनमै २ लाख भन्दा बढी प्राकृतिक दर्शक पाएर चर्चामा समेत छ ।