मुक्तिनाथ विकास बैंक र ब्लु क्रस अस्पतालबीच सहकार्य

प्रकाशित मिति : : आइतवार, साउन २७, २०७५

काठमाडौं । मुक्तिनाथ विकास बैंक लि र ब्लु क्रस अस्पतालबीच बैंकका ग्राहकहरुलाई अस्पतालको तोकिएका शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

उक्त सम्झौता पत्रमा मुक्तिनाथ विकास बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत तारा मानन्धर र ब्लु क्रस अस्पतालको तर्फबाट सदस्य सचिव रजत श्रेष्ठले हस्ताक्षर गरे ।

यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकको भिसा डेबिट कार्डवाहक ग्राहकहरूले ब्लु क्रस अस्पताल त्रिपुरेश्वरमा उपचार गराउँदा तोकिएका सेवा शुल्कमा १० प्रतिशत छुट पाउने भएका छन् ।

मुक्तिनाथ विकास बैंकले देशैभरी फैलिएका आफ्ना ९५वटा शाखा, १७ वटा एटीएम र तीन लाख पचहत्तर हजार ग्राहकलाई सेवा दिंदै आएको छ ।