संसदमा कुखुरा र अण्डाको चर्चा !

प्रकाशित मिति : : बुधबार, साउन ३०, २०७५

ram bahadur bista -akhabardainik

काठमाडौँ,साउन ३० । सांसद राम बहादुर बिष्टले अहिले नेपालको सबै ठाउमा करको मात्र चर्चा भएको बताए । उनले अहिले केन्द्र देखि स्थानीय सम्म कर मात्र लगाएको भन्दै यसरी समृद्धि नहुने बताए ।

उनले सरकार अहिले कर थुपार्ने मात्र काम गरेको आरोप समेत लगाए । केन्द्रको निर्देशनमै स्थानीय सरकारले मनलागी कर लगाएको भन्दै बिष्टले अहिले स्थानीय सरकारले कुखुरामा पनि कर अण्डामा पनि कर, खोलानालामा पनि कर,जन्मदा पनि कर मर्दा पनि कर लगाएको भन्दै उनले यो करबाट मुक्त दिन सरकारको ध्यानाकर्षण समेत गरे ।

उनले यसरी कर लगाएर समृद्धि नहुने भन्दै उनले करमा सरकारको ध्यान जानुपर्ने बताए । शुन्य समयमा बोल्न पाएका बिष्टले समस्या पोख्दा पोख्दै शुन्य समय सकिन्छ ।