पाकिस्तानमा इमरान खान जस्तै नेपालमा पनि रवीन्द्र मिश्र प्रधानमन्त्री बन्न सक्छन् ! (भिडियाे सहित)

प्रकाशित मिति : : मङ्लबार, भदौ ५, २०७५

rabindra mixra and surendra kc-akhabardainik

काठमाडाैँ,साउन ५ ।  राजनीतिक विश्लेषक तथा प्राध्यापक डा.सुरेन्द्र केसी खरो विश्लेषण गर्ने विश्लेषकका रुपमा परिचित छन्।उनी राजनीतिक र सामाजिक विकृती-विसंगती विरुद्ध खरो आवाज उठाउँछन् र त्यसमाथी टिप्पणी गर्छन्।

सगरमाथा टेलिभिजनको कार्यक्रम एसटिभी च्याटमा कुराकानी गर्दै केसीले भने-‘नेपाली राजनीतिमा इमरान खानको संम्भावना देखेको छु।इमरान खान खेलाडीको रुपमा सफल भएपछि राजनीतिज्ञको रुपमा बाईस बर्षको तपस्यापछि प्रधानमन्त्री भएका हुन्।’

‘केपी ओलीलाई इतिहास रच्ने राम्रो मौका थियो । तर ओलीको इतिहासमा दरार पर्दैछ,दरार पार्ने ओलीकै आसेपासे र सल्लाहकार हुन्।यीनलाई नै पालेर ओली हिडेका छन्’,केसीले भने।

नेपाली राजनीतिमा पनि रवीन्द्र मिश्रको उदय हुनसक्छ । पाकिस्तानमा इमरान खान प्रधानमन्त्री हुन सक्छन् भने नेपालमा पनि रवीन्द्र मिश्र प्रधानमन्त्री हुन सक्छन्।जनताले पनि असल र राम्रा प्रवृति भएका मानिस खोज्नुपर्ने केसीको भनाई छ ।

नेपालमा दुरदर्शी र देश र जनताप्रति ईमान्दार भएका कुनैपनी नेताहरु नभएका केसीको बुझाई छ।

हेर्नुहाेस् भिडियाे