पेटीकोटको पैसा विवेकशील साझाकी दिदीले दिन्छु भन्नु भएको हो : सावित्री सुवेदी (भिडियो सहित)

प्रकाशित मिति : : मङ्लबार, भदौ ५, २०७५

काठमाडौँ,भदौ ५ । बलात्कारी पुरुषलाई फासीको माग गर्दै शनिवार राजधानीको माइतीघर मण्डलामा अभियन्ताहरूले अर्धनग्न प्रदर्शन गरे। उनिहरुले कालो पेटीकोट लगाएर प्रदर्शनमा उत्रिएपछि प्रहरीले धरपकड गरी नियन्त्रणमा लिएको थियो ।

तर बलात्कारी पुरुषलाई फाँसी माग गर्ने अभियन्ता सावित्री सुवेदीले आफु हरुले लगाएको पेटीकोटको पैसा विवेकशील साझाकी एक दिदिले दिएको बताईन् । न्युज २४ को ६ प्रश्नको अन्तरवार्तामा बोल्दै सावित्रीले यस्तो बताएकि हुन् ।

तपाइले पेटीकोटको पैसा विवेकशील साझाकी दिदिले दिएको हो ? भन्ने प्रश्नमा उनले भनिन् उहाले दिन्छु भन्नु भएको हो तर उहाले दिनुभएन । उनले नाम भने खुलाउन चाहिनन् । उनले भनिन् राम्रो काम गर्नेलाई जसले पनि सहयोग गर्छ । यस विषयमा प्रस्तोता दिपक बोहोरालई प्रश्न गर्दे उनले भनिन्, तपाइले पनि त बलातकृत महिला आउदा ट्याक्सी भारा दिनुभएको थियो नी । उनले थपीन्, राम्रो काम गर्नेलाई सबैले सहयोग गर्छन ।

उनले कसैसँग हात फैल्याएर पैसा नमागेको पनि स्पष्ट पारीन् । हामी कसैसँग हात फैल्याएर दातासँग पैसा मागेर रमिता देखाउदैनौँ उनले भनिन् । हामी डलरबादी हैनौँ,हामीलाई अबार्ड जित्नु छौन ।

हामी मात्र के चाहान्छौ भने बलात्कारीलाई फासी होस्, महिला हिंसा अन्त्य होस सावित्रीले भनिन् । हामी मध्य रातमा हिड्दा पनि सुरक्षीत हौ ।

हेरुम उनिसँग गरिएको कुराकानी वीस्तृप्तमा :