‘हेरचाहको जिम्मा पाएकोबाटै परिवर्तनको एजेन्डाहरु खतरामा’

प्रकाशित मिति : : मङ्लबार, भदौ १२, २०७५

दाङ तुल्सीपुर, भदौ १२ । नयाँ शक्ति पार्टी, नेपालका प्रदेश पाँचका ईञ्चार्ज नवराज सुवेदीले दुई तिहाई बहुमतको सरकार सोचेभन्दा छिटै असफल हुन लागेको बताएका छन् ।

रिपोर्टस् क्लब दाङले सोमबार दाङमा आयोजना गरेको पत्रकार भेटघाटमा नेता सुवेदीले उक्त कुरा बताए । उनले सरकार मुलुकका समस्या समाधान गर्न असमर्थ सावित हुँदै गइरहेको भन्दै जनताले विकल्प खोज्न थालेको बताए ।

सबैतिर विचौलियाहरु हावी छन्, हामीले किसानले उत्पादन गरेको तरकारीमा विचौलियाले कसरी लुटिरहेका छन् भन्ने सुनिरहेका छौं, उनले भने,प्रधानमन्त्री उखान टुक्कामा व्यस्त छन्, देश विचौलियाले चलाइरहेको छ ।
भूगोग एकीकरण, लोकतन्त्रको स्थापनापछि मुलुक अब नयाँ चरणमा प्रवेश गरेको भन्दै नेता सुवेदीले उक्त चरणको नेतृत्व गर्न नयाँ शक्ति र उसले अगाडि सारेको ५ सु निर्विकल्प रहेको बताए।

साक्षात्कारमा नयाँ शक्ति पार्टी, नेपालका प्रवक्ता प्रशान्त सिंहले नेपालका हरेक राजनीतिक परिवर्तनपछि त्यसको स्वामित्व लिने नेतृत्व नभेटिएको बताए । सानो बच्चा बाबु(आमाबाट नै असुरक्षित भयो भने उसको रक्षा कसले गर्छ रुु प्रवक्ता सिंहले प्रश्न गर्दै भनेुपछिल्ला परिवर्तनका एजेन्डाहरु पनि हेरचाह र कार्यान्वयनको जिम्मेवारी पाएको शक्तिबाटै असुरक्षित भइरहेको छ । उनले संघीयता कार्यान्वयनका लागि सरकारी हेलचेक्र्याईं र लाचारीतर्फ संकेत गर्दै भने, हिजो राजा, भारत वा अरु कसैलाई गाली गरेर पन्छिन मिल्थ्यो । अब गणतन्त्रमा केही गर्न नसके अरुलाई दोष दिन मिल्दैन ।

 

देश चलाउने क्षमता राख्ने नेतृत्व नयाँ शक्तिसँग मात्रै भएको उल्लेख गर्दै उनले भने, जसरी घर चलाउन टोल, टोल चलाउन गाउँ बुझ्नुपर्छ, त्यसैगरी देश चलाउन विश्व बुझ्नुपर्छ । त्यस्तो नेता नयाँ शक्तिसँग मात्रै रहेको र त्यो क्षमता राख्ने व्यक्ति डा।बाबुराम भट्टराई हुनुहुन्छ ।
नयाँ शक्तिले समावेशि विकासको मुद्दालाई प्राथमिकता दिएको बताउँदै प्रवक्ता सिंहले संसारमा सबैभन्दा विकसित राष्ट्रहरु सबैभन्दा समावेशी भएको उदाहरण पेश गरे । संसारका सबैभन्दा समावेशी देश सबैभन्दा विकसित छ,ु उनले भने ुजहाँ समावेशिता छैन, त्यहाँ अशान्ति छ ।

देशव्यापी प्रशिक्षक प्रशिक्षणको क्रममा रहेको नयाँ शक्तिका नेताहरु सोमबार दाङ पुग्नुभएको हो । दाङको तुल्सीपुरमा नयाँ शक्तिले मंसिर १२ र १३ गते कर्णाली प्रदेश र प्रदेश ५ को संयुक्त प्रशिक्षक प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ । पत्रकार भेटघाटमा प्रदेश ५ का संयोजक दानबहादुर चौधरी, कर्णाली प्रदेशका संयोजक शरण बाठामगर लगायतको उपस्थिति रहेको थियो ।