ट्रेलरमा यस्तो देखियो साम्राज्ञीको ‘इन्टु मिन्टु लन्डनमा’

प्रकाशित मिति : : बुधबार, भदौ १३, २०७५

काठमाडौं । अभिनेत्री साम्रज्ञी राज्यलक्ष्मी शाह अभिनित ‘इन्टु मिन्टु लन्डनमा’ चलचित्रको अफिसियल ट्रेलर लिलिज गरिएको छ । ‘उडायो हावाले’ गीतले चर्चा दिलाएपछि निर्माण युनिटले थप चर्चाको लागि ट्रेलर ल्याइएको हो । ट्रेलरमा साम्राज्ञी र नवअभिनेता धिरज मगरको प्रेम र उचार चढावले प्रथामिकता पाएको छ ।

साम्राज्ञी र धिरज बढी देखाइएको ट्रेलरले चलचित्रप्रति कौतुहलता जगाउँछ । अधिकांश छायाँकन लन्डनमा गरिएको चलचित्र प्रेमकथामा आधारित छ । प्रेमकथा रुचाउने दर्शकका लागि ‘इन्टु मिन्टु लन्डनमा’ गतिलो प्याकेज भएको निर्देशक रेनाशा वान्तवा राईले बताइन् । राईको यो डेब्यु चलचित्र हो ।