अमेरिकी डलरको भाउ इतिहासकै महंगो

प्रकाशित मिति : : बिहिबार, भदौ २१, २०७५

काठमाडौँ, भदौ २१ । अमेरिकी डलरको मूल्य आज (बिहीबार) पनि वृद्धि भएको छ । आज १ अमेरिकी डलरको नेपाली बजार मूल्य १ सय १५ रुपैयाँ ११ पैसा पुगेको छ । यो अहिलेसम्म कै महंगो हो ।

नेपाल राष्ट्र बैंकले विहीबारका लागि एक अमेरिकी डलरको खरिद दर १ सय १४ रुपैयाँ ५१ पैसा तथा बिक्रिदर १ सय १५ रुपैयाँ ११ पैसा तोकेको छ । भारतसँगको स्थिर विनिमय दरका कारण भारतीय मुद्रा कमजोर हुँदा त्यसको प्रभाव नेपाली मुद्रामा पनि पर्ने गरेको छ ।