“आभास”

प्रकाशित मिति : : शुक्रबार, भदौ २२, २०७५

काठमाडौ,भदौ २२ ।  सुरु त्यहाँबाट हुन्छ, जहाँ कुनै सुरुवातको सम्भावना थिएन, केही थिएन तर उनीहरु धेरै कुरा भएर पनि केही नभएको झैँ नदीका दुई किनारमा बगर बनेर बसेका थिए । आजसम्म उनीहरुको भेट भएको थिएन, तैपनि दिनका हरेक पलमा भेटघाट हुन्थ्यो शब्दका लहरहरुमार्फत ।

भन्न बाँकी केही थिएन चिन्न बाँकि केही थिएन,एक अर्काको अघि किताबका पाना झैँ पल्टाएका थिए । आफ्ना मनमनले मनलाई चिन्न बाँकी थिएन तर पनि अन्जान नै थिए उनीहरु यो समाजको परिभाषाबाट केलाउँदा । न कैले भेटेको छ न कैले देखेको छ, दिन भर च्याट गर्दैमा कसरी चिन्न सकिन्छ कसैलाई । यस्तै के लेख्ने कसरी शुभारम्भ गरौं भन्ने सोच्दा सोच्दै यसरी शुरु गरे मैले यस्तै रहेछ यो जिन्दगी विछोडको पिडाले होला मेरो मन गह्रौं भईरहेको बेला पोख्ने ठाउँ नभएपनि यसैको साहारा लिएँ ।

पत्र त लेखें तर पठाउने साधनको अभावमा भौतारिरहँदा यसैलाई नै माध्यम बनाउन पुगे इमेल गरुँ इमेल छैन यहाँबाट जाने साथीलाई पठाउ जाने मान्छेलाई कसरी भनौं मेरो प्रियसीलाई एउटा पत्र लगिदे भनेर त्यसैले होला यसैको साहाराले पु-याउने कोशिस गरें अनि शुरु गरें लेख्न छिया-छिया छाती लिएर ।

रुज्दै रुज्दै झरे मेरा स्वर र शब्दहरु जिन्दगीको उदेग लाग्दो भए जस्तो लाग्यो मात्र रह्यो जिन्दगीमा रिक्तता अनि दिक्तता अब औलाहरु पनि छैन ।  मनका बासुरिहरु बजाउन स्वरहरु पनि छैन, ओठमा अब अल्झेका छन् ।  सबै मक्की सकेका जीवन रुपी खम्बाहरु कहिले कहि त लाग्छ बास एउटा आशा मात्र उभिएको छ आकाश उबिए जस्तै भुइँ टेकेर बाकी सप शुन्य शुन्य लाग्छ । किन जिन्दगि कहिले काही उदेग लागेर आफै माथि अनबरत रुपमा उपस्थित हुन्छन ।  आफनै अगाडी जति रोहे पनि जति चुपचाप बसे पनि परिवर्तन गर्न नसकिने समयका दर्पणछायाहरू किनाकहिले काही अध्यारो बन्नेर आउछ ।

जिन्दगीमा ओझेल पर्न मान्छेले जिन्दगीमा उज्यालो पक्षलाई भन्दा मात्र संझन्छ र किन रुन्छ मान्छेको मन कहिले काहि त सोच्छु मन त फलामको भए हुनी ठोकिदा पनि केहि नहुने ,नबाग्गीने ,नभात्किने ,यो कागजको जस्तो मन भए पनि हुनी च्यातेर फाल्न मिल्ने तर मन त न कागज जस्तो छ नत फलाम जस्तो छ अनाबरता रुपमा एउटा कोमल स्नायु मन भित्र जब जिन्दगीमा धोकाका परकास्था रूप उभिन्छन जिन्दगीका अध्यारा जिजि बिसाहरु आफ्नो वरिपरी कोइ त भएर उभिन्छन र जिन्दगि अध्यरै अध्यारो लाग्न थाल्छ ।

आफुलाई त्यहि अध्यारोको नाम मा हिडिरहेको जिन्दगीले कतै उज्यालो भेटाउछ की भनेर दुइ पाइला अगाडी सार्यो फेरी रातको बखान सुरु हुन्छ ।  जस्ताको तस्तै यता मिलायो उता भत्किने फेरी भत्केको मिलायो मिलेको ठाउँ भत्कने यता तान्यो उता नपुग्ने उता तान्यो यता अधुरो हुने यो जिन्दगीको कथा एस्तै छ । जब नदीको अबरोध भएर उभिन्छ पहाड जब खोल्सा खहरे आफुमा पचाउने धमास दिएर उभिन्छ । पहाड जब त्यो पहाड सुन्दैन जब त्यो पहाड बुज्दैन उसलाई अरुलाई दिने हात हरुको पिडा जब उसुन्दैन त्यो निर्मम थिचाइ बाट निस्कने चित्कार हरु जब केहि ढुंगा बुढाहरु लडाएर घरि घरि जिस्क्याउछ ।

खहरे र खोल्साहरुलाई थाम्न खोज्छ, पहाडले त्यसो त पहाड सत्य हो टाढा बाट हेर्दा शौन्दर्य सोम्य र आकर्षक जस्तो लाग्छ पहाड कहिले काही यसलाई हेरेर मान्छे उतेजित पनि हुन्छन ।  तर यसको सोभाब गजबको छ जति यसको नजिक पुग्न खोज्यो त्यो त्यति नै अग्लो र कठिन हुन्छ ।  तर कहिले कहि त जिन्दगिमा पहाड संग पानी को जोडी भन्न मन लाग्छ पानी भन्नेको पानी हो बग्न पाउनु पर्छ ।

पानीले जब पानी पहाड अगाडी उभिदै जान्छ भित्र भित्रै पहाड कम्जोर भई सकेको हुन्छ ।  सोच्छ मैले येस्ता नदीहरुलाई जसरि भए पनि थामन सक्छु तर एक दिन भित्र भित्रै गल्दै गएको पहाड पानीले बगाउछ र पानीले सारा पहाडहरुलाई बिस्तारै बिस्तारि बगाएर नदि जस्तै बनाइदिन्छ ।  पानी र प्रेम प्रेम र पानी उस्तै उस्तै हुन् प्रेम को नरमता जस्तै पानीको नरमता पनि झरनाको मुन्तिर चटान खिएर आकार बदलेको हुन्छ ।

कठोर चटान पनि झरनाको मुन्तिर एक नासले झरिरहेको कोमल पानीले खियाउदै खियाउदै लान्छ र पानीको आकारमा बदलिदिन्छ ।  पानीले चटानलाई र प्रेम पनि त्सतै हो पहाडलाई बगाउन सक्छ प्रेमले कठोरतालाई बगाउछ ढुंगा जोस्तो सानो कुरालाई पनि पगालेर नरम बनाउन सक्छ प्रेम अनि पानी उसतै उसतै हुन् ।