एम्बाप्पेलाई लाग्यो फुटबलमा प्रतिबन्ध

प्रकाशित मिति : : शुक्रबार, भदौ २२, २०७५

काठमाडौँ भदौ २२ । फ्रान्सेली क्लब (पीएसजी) का स्ट्राइकर केलियन एम्बाप्पेलाई फ्रान्सेली घरेलु लिग वानको आगामी तीन खेलमा खेल्न नपाउने भएका छन् ।

खेलको क्रममा गलत व्यवहार गरेको कारण रातो कार्ड पाएका एम्बाप्पेलाई अनुशासन समितिले तिन खेलमा खेल्न नदिने घोषणा गरेका हुन् । उनले पाएको कारबाही स्वरुप अब उनले तीन खेल खेल्न नपाउने भएका छन् ।

गत साता भएको खेलमा पीएसजीले निम्सलाई ४ २ को गोल खअन्तरले पराजित गर्दा राम्रो प्रदर्शन गरेको एम्बाप्पेलाई सोही खेलको इन्जुरी समयमा रातो कार्ड पाएका थिए ।

निम्सका साभानिरले प्रहार गरेको ट्याकलपछि झगडामा उत्रिएका एम्बाप्पेलाई रातो कार्ड दिइएको थियो । उता एम्बाप्पेलाई ट्याकल गर्ने जेतीलाई भने पाच खेलमा प्रतिबन्ध लगाइएको छ ।