ओली बन्धुहरूको व्रतबन्ध, विवाह र वनभोजदेखि द्युत क्रीडा पनि बालुवाटारमै गरुम : खगेन्द्र संग्रौला

प्रकाशित मिति : : शनिबार, भदौ २३, २०७५

काठमाडौँ,भदौ २२ । साहित्यकार एवम् लेखक खगेन्द्र संग्रौलाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कडा व्यंग्य गरेका छन् ।

संग्रौला बेलाबखतमा ओली सरकारले गरेको निर्णय प्रती सजक गराउदै आइरहेका छन् । उनी यस्तो समयमा कडा रुपमा प्रस्तुत हुन्छन् । फेरी उनले गरेको विरोधमा धेरैले साथ पनि दिदै आएका हुन्छन् ।

हालसालै बालुवाटारमा ओली बन्धुहरूको भेला प्रधानमन्त्री क्वाटरमा हुने भएपछि संग्रौलाले कडा झटारो हानेका हुन् । उनले भेला मात्र नभएर ओली बन्धुहरूको भेला, भोज, मोज पनि बालुवाटार दरबारमा ? भन्दै प्रश्न समेत गरेका छन् ।

उनले लेखेका छन्, : ओली बन्धुहरूको भेला, भोज, मोज पनि बालुवाटार दरबारमारु अब ओली बन्धुहरूको व्रतबन्ध, बिहा र वनभोजदेखि द्युत क्रीडा पनि त बालुवाटारमै हुने होला। ठीकै हो,भेला ओली सरका बन्धुहरूको, रैरकम राज्यकोषको। भन्छन् नि- लूटको धन, फुपूको श्राध्द। घरिघरि प्रम बन्न पाइन्न, मौकामा खाने हो !

अाेली बन्धुहरूकाे भेला, भाेज, माेज पनि बालुवाटार दरबारमा? अब अाेली बन्धुहरूकाे व्रतबन्ध, बिहा र वनभाेजदेखि द्युत क्रीडा…

Khagendra Sangroulaさんの投稿 2018年9月7日金曜日

यस्ताे छ निवासमा हुने कार्यक्रमकाे सुचना