मन्त्री फेरबदल हुने विषयमा गृहमन्त्री ‘बादल’ले यस्तो भनेपछि… (भिडियाेसहित)

प्रकाशित मिति : : शनिबार, भदौ २३, २०७५

गोरखा,  भदौ २३। नेकपाका नेता समेत रहेका गृहमन्त्री राम बहादुर थापा ‘बादल’ले मन्त्री फेरबदल हुँदैछ भनेर सञ्चारमाध्यममा आएका समाचारको खण्डन गरेका छन् । प्रेस संगठन नेपालले गोरखा सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री थापाले मन्त्रीहरुको फेरबदल हुनेबारे सरकारमा कुनै छलफल नभएको प्रष्ट पारेका हुन् ।

तत्काल सरकारका मन्त्रीहरु फेरबदल हुने सम्भावना नरहेको बताउँदै गहृमन्त्री थापाले भने, ‘सिद्धान्त मन्त्री फेरिनै नहुने भन्ने होइन, थपिन सक्छन्, फेरबदल हुन सक्छन, तर अहिले त्यसको चर्चा छैन । तर यो शंका मात्रै हो त्यस्तो कुनै सम्भावना छैन ।’

पछिल्लो समय तस्करी र सिण्डिकेटका सञ्जाल तहसनहस बनाउन सरकार पूर्णरुपमा सफल भएको जानकारी दिँदै मन्त्री थापाले भने, ‘जनताले दिएको सम्वृद्धि र सुशासनको जनादेश अनुसार नै सरकारले काम अघि बढाएको छ ।’ पछिल्लो केहि अराजक तत्वले देशमा अस्थिरता निम्त्याउन लागिपरेको मन्त्री थापाले आरोप लगाएका छन् ।

कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको प्रसंगलाई जोड्दै उनले उच्चस्तरिय छानबिन समितिबाट घटनाको अनुसन्धान र छानबिन भइरहेको बताउँदै दोषीलाई कुनै हालतमा कारबाही गरेरै छाड्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

हेर्नुहाेस भिडियाे 

@Gorakha, pressmeet

रामबहादुर थापा ‘बादल’さんの投稿 2018年9月7日金曜日