कथा: रबिन राज कोईराला ‘एकल यात्री’ “प्रेम बिछोडको कथा”

प्रकाशित मिति : : आइतवार, भदौ २४, २०७५

काठमाडौँ, भदौ २४ ।   प्रेम माया यो शब्द आफैमा निकै चर्चित छ । सायद संसारका धेरै मान्छेले यो प्रेम माया अझ अंग्रेजीमा Love को अर्थ जानेका होलान ।

कतिले यो प्रेमलाई अनुभब पनि गरेका होलान कतिलाइ धोका मिलन बिछोड सबै भोग्ने बनायो होला प्रेमले । मलाई पनि धेरै अनुभब गरायो मेरो प्रेमले यो दुइ अक्षर र आधा मिलेर बनेको शब्दले । प्रेम शब्द सुन्दापनि कोमल र प्रिय लाग्छ त्यती नै जटिल पनि यस्लाई मान्छेहरु आ आफ्नै तरिकाले ब्याख्या गर्छन बिस्तारित गर्छन परिभाषीत गर्छन ।

कति मिठो हुन्छ त्यो माया आ-आफ्नै किसीमले मौलाउछ । स्कूल जाने समयमा कक्षा पास हुने मोहले तानेको हुन्छ । जब क्यापसको जीबन सुरु हुन्छ हरेक मन पर्ने सुन्दरीको माया लाग्छ । जब पढाइ भन्दा अलि पर पुगेपछि आफ्नै लक्ष्य उद्देश्यको माया लाग्छ भनिन्छ र अन्त्यमा जीबन जसो तसो चलेको अवस्थामा आफ्नै ज्यानको माया लाग्छ रे यो अन्त्यका दुइ कुरा मैले भोगेको भन्दा पनि सुनेको कुरा । आज मैले एकटक फर्केर हर्दैछु आफैलाई मुल्याङ्कन गर्दैछु ।

एउटी केटी अनि एउटा केटा फेसबूकमा भेट भए कुनै पोस्टमा पहिला लाईक फेरी कमेन्ट अनि पोस्ट भित्र च्याट । कहिले हँसी मजाक त कहिले तिता मिठा बात । फेरी ‘add as friend and confrm friend” त्यो नोटिफिकेसन संग थपिएको अलिकती खुशी साथै म्यासेजमा थपिन्दै गइरहेको बात । चिने जाने झै साँझबिहान उस्कै याद । बिहान बिहानै Goodmorning भन्नु अनि रात भर ब्युँझिदै ‘GoodNight’ भन्नु ।

दिनमा उस्को १० पल्ट म्यासेजको वेट गर्नु अनि म्यासेज पढेर मन मनै हाँस्नु ,काहानी केहि अघी बढ्यो । दुबै जनामा प्रेम भयो दुबै जनाले मनपरापर गर्न लागे फोन नंबर देखी पास्वर्ड चेन्ज सम्म भयो दुबै जना खुशि पनि थिए केटी केहि धेरै साथी थिए ।

कुनै साथिले केटिलाई भनिदियो कि त्यो केटा राम्रो छैन राम्रो बानी ब्यबहार छैन केटिलाई बिस्वास भएन फेरी पनि केटिले प्रेम गरिरही ।तर त्यो देन देखी केटिको मनमा एक प्रकारको शँखा उत्पन्न भैसकेको थियो र शँखा उस्को प्रेमलाई अलि अलि खाँदै गइरहेको थियो ।

केटाले उस्लाई १ मिनेट लेट रिप्ले गर्यो भने उस्ले बैमान सम्झिन लागी अझ केटा ‘Job’ बाट समय चोरी चोरि रिप्लाई गर्ने गर्थ्यो र पनि निस्ठुरी बैमानी भन्न लागिन ।तर केटा पहिले कस्तो थ्यो त्यस्तै थियो ।अझ धेरै धेरै समय सम्म बोलिरहन्थ्यो बिस्तारै केटिकोअन्तै माया बस्यो केटिले केटालाई ब्लक गर्दियो केटाको दिल टुट्यो ।

एउटा सुन्दर प्रेमको घर टुट्यो ।केटाले हार मानिसकेको थियो उस्ले फेसबूक नि चलाउन छाडिसकेको थियो । त्यो केटी अहिले पनि अरु कसै संग खुशी देखिन्नन् केटिले केटा खोजिरहन्थिन्,धेरै धेरै याद गरिरहन्थिन तर केटा उ बाट धेरै टाढा गैसकेको थियो ।

मैले प्रेम धेरैलाइ गरे कति एकतर्फी गरें कति राम्रो देखेर गरे भनिन्छ हृदय हृदय बीचको झंकार मिल्यो भने दुइतर्फी मायाको ताल मिल्छ रे खै आजसम्म आउदा मेरो ताल मिल्यो बा मिलेन कहीकतै अलिक दिनको लागी मिलेर फेरी हरायो कि । तर त्यो हराएको ताल पनि मायाको एक अनुभब थियो मैले भोगेको माया यस्तो चीज हो जसले कहिले पनि धोका दिदैन जो संग तपाईको बिछोड भयो तपाइ भन्नुहुन्छ उ संग हृदयको झन्कार मिलेन होला त्यो स्वभाबिक हो तर त्यसको बिदाइमा रुनुभो या हाँसेर बिदा गर्नुभो कुरा त्यहाँ छ ।

तपाइको प्रेम सही छ भने उसको खुसीमा तपाइले बाटो सफाइ गर्नै पर्छ । फोनबाट चिनजान र पत्रबाट सम्बन्ध बिस्तार भइ त्यसले केही बर्ष सम्म त मयााकै रुपमा अधि बढ्ने प्रयास गर्यो ३ बर्षको अन्तरालमा भेटधाट गफगाफ मिठा अनुभब सबै राम्रैसंग अंगाले मैले ।

मलाइ लाग्थ्यो यो मेरो पहिलो र अन्तिम प्रेमनै हो ३ बर्षको लामो यात्रा थियो जस्तो लाग्छ तर भेट भने औंलामा गन्न सकिने तर त्यो भेट कति मिठो कति मायालु थियो सम्बन्ध राम्रै थियो तर समय संधै अनुकुल हुदैन रहेछ र अन्त्यमा सम्झौता गरेर नै बिदा गर्नुपर्यो । पहिलो मायाले पनि बिदा लियो तर अरुको जसरी होइन नत झगडानै भयो नत त्यस्तो कुनै असमझदारी नै सल्लाहमै मेरो पहिलो प्रेमको झन्कार संग ताल मिल्न सकेन संयोग मिली यात्रा गर्नको लागी ।

मेरो परिबारमा यो कुरा नदेखिए पनि उसको परिबारमा प्राय सबैले बुझेका थिए त्यो मायाको बारेमा त्यसअर्थपनि म मेरो अन्तिम माया नै यही हो त्यसताका भने पनि ।

अनुहारको आकर्षण भन्दापनि त्यँहा हाम्रो मिलन एकपटक गराउनै चाहेको हुन पर्छ कुनै अलौकिक शक्तिले मैले न रुप हेरेको थिए न ब्यबहार उसका शब्द पढेको थिए र सुनेको थिए प्रस्ताब उतैबाट आएको थियो मलाइ प्रेम स्वीकार गर्न ४ दिन लागेको थियो मेरो पहिलो प्रेमको प्रस्ताबलाइ मान्न त्यो समय म आफै परिपक्व हुने बेला नभएपनि म आज त्यस धटनालाइ मेरो पहिलो प्रेमकै संज्ञा दिन चाहन्छु ।

किनकी मेरो दुखमा धेरै पटक उसले साथ दिइ चाहे चाहेर होस बा नजानेर मेले पनि साथ दिए दुबैमा केहीकुराको छेकाबट रुकावट थिएन तर झगडा भने नभएको होइन म भनि रहन सक्दिन । आज म निरास छैन किनकी हाम्रो सल्लाहले नै यो भएको हो ।

मैले बिछोड हुँदा गाली गरीन सराप दिइन तिम्रो जन्ती मेरो मलामी आदी इत्यादी म बाट कहिल्यै भएन र हुन्नपनि माया त पूजा हो हामिले राम्रो संग अंगाल्नुपर्छ मैले खुसीसाथ उसलाइ बिदा गरेको थिए बिना कुनै गुनासो । सत्य घटनामा आधारित प्रेम बिछोडको कथा।