सिडिओको अधिकार घटाउने होइन पद नै खारेज गर्नुपर्छ : खगेन्द्र संग्रौला

प्रकाशित मिति : : आइतवार, भदौ २४, २०७५

https://www.akhabardainik.com/wp-content/uploads/2018/05/khagendra-sangraula.jpg

काठमाडौँ,भदौ २२ । साहित्यकार एवम् लेखक खगेन्द्र संग्रौला समसामयीक विषयमा कदम चलाउछन् ।

उनी बेलाबखत राजनीतिक विषयमा पनि कडा कदम चलाउने गर्दछन् । उनले केहि दिनमात्र अघी बालुवाटारमा भएको ओली बन्धुहरुको भेलामा पनि कडा व्यंग्य गरेका थिए ।

उनले यसपटक भने नेपालमा सिडिओ प्रदेशको स्वतन्त्रता र स्वायत्तताको घोर वाधक भएको बताएका छन् । उनले ट्वीट गर्दे भनेका छन्,शाही पञ्चायतमा सिडिओ जिल्लाको राजा अर्थात् निरङ्कुश राजाको वारिसे हुन्थ्यो, अहिले उही र उस्तै चरित्र प्रदेशको स्वतन्त्रता र स्वायत्तताको घोर बाधक भएको बताएका छन् ।

उनले भनेका छन्, बरु सिडिओको अधिकार घटाउने होइन मान्यवर,यो दमनकारी पद खारेजै गर्नुपर्छ । उनले राजतन्त्रको यो अवशेष किन राख्ने ? भन्दै प्रश्न समेत तेर्साएका छन् ।

उनले ट्वीटमा भनेका छन् :  शाही पञ्चायतमा सिडिअाे जिल्लाकाे राजा अर्थात् निरङ्कुश राजाकाे वारिसे हुन्थ्याे। उही र उस्तै चरित्रकाे सिडिअाे अहिले प्रदेशकाे स्वतन्त्रता र स्वायत्तताकाे घाेर बाधक भएकाे छ। सिडिअाेकाे अधिकार घटाउने हाेइन मान्यवर,याे दमनकारी पद खारेजै गर्नुपर्छ। राजतन्त्रकाे याे अवशेष किन राख्ने?

शाही पञ्चायतमा सिडिअाे जिल्लाकाे राजा अर्थात् निरङ्कुश राजाकाे वारिसे हुन्थ्याे। उही र उस्तै चरित्रकाे सिडिअाे अहिले…

Khagendra Sangroulaさんの投稿 2018年9月9日日曜日