मंगलबार बढ्यो सुनको मूल्य !

प्रकाशित मिति : : मङ्लबार, भदौ २६, २०७५

gold silver

काठमाडौँ, भदौ २६ । सोमबार भन्दा आज मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । सोमबार भन्दा आज मंगलबार सुन प्रति तोल एक सय रुपैयाँले बढेको छ ।

सोमबार बजारमा छापावाल सुन प्रतितोला ५७ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर सुन प्रतितोला ५७ हजार ९०० रुपैयाँमैै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

सोमबार तेजावी सुन प्रतितोला ५७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर सुन प्रतितोला ५७ हजार ६०० रुपैयाँमै कारोबार भइरहेको छ ।