इतिहासकै नमिठो हार भोग्यो क्रोएसियाले, स्पेनसँग ६-० गोलले पराजित (भिडियो सहित)

प्रकाशित मिति : : बुधबार, भदौ २७, २०७५

काठमाडौँ, भदौ २७ । रसिया विश्वकपमा शानदार प्रदर्शन गर्दै उपविजेता भएको क्रोएसियाले इतिहासमै नमिठो हार भोगेको छ । युइएफए नेशन्स लिग अन्तरगत मंगलबार मध्यराति भएको खेलमा स्पेनले ६-० ले क्रोएसियालाई इतिहासकै सबैभन्दा नमिठो हार चखाएको हो ।

क्रोएसियका इभान राकिटिकका लागि आफ्नो सयौँ क्याप सबैभन्दा पीडादायी भयो । खेल सुरु हुनुअघि स्पेन र क्रोएसियाको १०० नम्बर लेखिएको जर्सी प्रदान गरिएका उनले पनि विश्वकपको जस्तै जादु चलाउन नसक्दा स्तब्ध हुनुपर्यो ।

विश्वकपका स्टारहरु लुका मोड्रिच र इभान राकिटिकसहित मैदानमा उत्रिएको क्रोएसियालाई लज्जास्पद हार चखाउने क्रममा स्पेनले फरक फरक खेलाडीले ५ गोल गरे भने एक गोल आत्मघाती भयो ।

रसिया विश्वकपमा पेनाल्टी सुटआउटमा रसियासँग पराजित हुँदै अन्तिम १६ बाट बाहिरिएको स्पेनको कमान बार्सिलोनाका पूर्वप्रशिक्षक लुइस इनरिकले सम्हालेपछि लयमा फर्किएको सन्देश दिएको हो ।

भिडियो: