सुरुवातमै नेपालले खायो माल्दिभ्सको गोल, पानीका कारण खेल रोकीयो

प्रकाशित मिति : : बुधबार, भदौ २७, २०७५

काठमाडौँ, २७ भदौ । साफ च्याम्पियनसिप फुटबल अन्तर्गत बंगबन्धु राष्ट्रिय रंगशालामा सुरु भएको खेलमा नेपालले सुरुवातमै माल्दिभ्सको गोल खाएको छ ।

खेलको नवौं मिनेटमा माल्दिभ्सका कप्तान अक्रम अब्दुल घानीले गोल गर्दै १-० गोलको अग्रता दिलाएका हुन् । उनले उत्कृष्ट फ्रिकिकबाट गोल गरेका हुन् । बंगबन्धु राष्ट्रिय रंगशालामा सुरु भएको खेलमा नेपालको कप्तानी भरत खवासले सम्हालेका छन् ।

पानीले खेल अवरुद्ध

नेपाल र माल्दिभ्सबीचको खेल चलिरहेका बेला ठूलो पानी परेपछि खेल स्थगित गरिएको छ । पानीसँगै हावाहुरी, चट्याङ परेपछि खेल स्थगित भएको हो ।