निर्मला हत्या प्रकरणः फेरि घट्यो रहस्यमय घटना

प्रकाशित मिति : : बिहिबार, भदौ २८, २०७५

कञ्चनपुर भिमदत्तनगरकी १३ वर्षीया वालिका निर्मला पन्तको हत्या प्रकरण थप रहस्यमय बन्दै गएको छ ।
प्रहरीद्वारा निर्दोष व्यक्तिलाई दोषीका रुपमा पस्कनु र छानबिन समितिका सदस्यले एकाएक राजीनामा दिएर पुनः काममा फर्किनुले घटना रहस्यमय बन्दै गएको छ ।

जिल्ला अदालत कञ्चनपुरको आदेशमा प्रहरीद्वारा घटनामा दोषी भनिएका दिलिपसिंह विष्ट साधारण तारेखमा रिहा भइसकेका छन् । निर्मलाको डीएनएको प्रोफाइल र दिलीपसिंहको डीएनएको प्रोफाइल नमिलेपछि विष्ट साधारण तारेखमा छुटेका हुन् ।
मानसिक सन्तुलनसमेत गुमाएका विष्टलाई पन्तको बलात्कारपछि हत्या गरेको अभियोगमा प्रहरीले गत ४ भदौमा घटनास्थल नजिकैबाट पक्राउ गरेको थियो । नेपाल समाचारपत्रबाट