प्रधानमन्त्रीले हामीलाई सौतेलो व्यवहार गरे : निर्मलाका बाबु (भिडियो सहित)

प्रकाशित मिति : : बिहिबार, भदौ २८, २०७५

काठमाडौँ । बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तका बाबुले आफूहरुलाई प्रधानमन्त्रीबाटै सौतेलो व्यवहार खेप्नुपरेको बताएका छन् । एपीवान एचडीको एपी टक टाइममा बिहीबार बिहान कुरा गर्दै उनले न्याय पाउने अवस्था नभएकैले आफू पत्नीसहित काठमाडौँ आइपुगेको बताए ।

प्रधानमन्त्रीले निर्मला हत्याकाण्डको छानबिन गर्न नदिएर सरकारलाई अवरोध गरेको भनी सञ्चारमाध्यममा दिएको अभिव्यक्तिले आफूहरुको चित्त दुखेको बाबु यज्ञराज पन्थले गुनासो गरे ।

‘प्रधामन्त्रीले नै यसरी झुटो बोल्नु हुन्छ भन्ने लागेको थिएन, प्रधानमन्त्रीबाटै हामीले सौतेले व्यवहार भोग्नुप¥यो’, उनले भने, ‘हामीले न्याय पाउनै नहुने हामी इन्डियन त हौइनौँ, यही देशका नागरिक हौँ ।’

निर्मलाकी आमा दुर्गादेवीले छोरीको हत्यामा प्रहरीको ठुला मान्छेको संलग्नता रहेकैले यसरी ढाकछोप गरिएको बताइन् । ‘हामीले सुरुदेखि नै बम दिदीबहिनी बस्ने घरबाटै अनुसन्धान गर्नुपर्छ भन्यौ, सुरुमा हाम्रो कुरा समेत पुलिसले सुनेन, छोरी पोइल गइहोली भन्ने जबाफ दिए’, उनले भनिन्, ‘आईजीपी गएर पनि पुलिसकै मान्छे भए पनि छाड्दैनौँ भने तर अहिलेसम्म केही नगरेपछि न्याय खोज्दै काठमााडौँ आएका छौँ ।’

न्याय खोज्दै काठमाडौं आएका निर्मला पन्तका आमाबाबुसँग सम्वाद #APTALKTIME #AP1HD #ANNAPURNAPOST

Annapurna Postさんの投稿 2018年9月12日水曜日