निर्मला पन्तको घट्नालाई राज्यले नै संरक्षण गर्याे : सुजाता कोइराला

प्रकाशित मिति : : बिहिबार, भदौ २८, २०७५

sujata koerala -akhabardainik

काठमाडौँ,भदौ २८ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले निर्मला पन्तको घट्नालाई सरकारले नै संरक्षण गरेको आरोप लगाएकी छिन् ।

आज बसेको प्रतिनिधीसभा बैठमका बोल्दै उनले यस्तो आरोप लगाएकी हुन् । पछिल्लो समय एक पछी अर्काे बलात्कारको घट्ना सार्वजनिक भइरहेको छ, तर सरकार किन मौन बसिरहेको छ उनले भनिन् ।

निर्मला पन्तको घट्ना भएको दुइमहिना पुग्दा पनि दोषि पत्ता लागेको छौन । यस्ता जघन्य अपराध गर्नेलाई सरकारले संरक्षण गर्न खोजेको हो कि भन्दै गृहमन्त्रीलाई प्रश्न समेत गरेकी थिइन् । अब त शंका लाग्न थालिसकेको छ कोइरालाले भनिन् ।

शान्तीपुर्ण रुपमा प्रदर्शन गर्नेमाथी किन गोली हानीन्छ ? छानविन समितीका गठित सदस्यले किन राजीनामा दिन्छ ? भन्दै प्रश्न गरेकी थिइन् ।  उनले त्यस्ता अपराधीमाथी कारवाही हुनु पर्ने माग राखेकी थिइन् ।