शक्तिशाली भनिएका अपराधीहरु को हुन् ?

प्रकाशित मिति : : बिहिबार, भदौ २८, २०७५

काठमाडौँ,भदौ २८ । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरणमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारसँग जवाफ माग गरेको छ ।

काँग्रेस सांसद दिलेन्द्र प्रसाद बडूले पन्तको बलात्कारपछि हत्याको घटना दिनानुदिन नाटकिय रुपमा जटिल र रहस्यमय बन्दै गएको भन्दै सरकारले नै वास्तविकता लुकाउन खोजेको आरोप लागाएका थिए ।

अनुसन्धान टोलीमा रहेका सदस्य उपसचिव वीरेन्द्र केसीले अनुसन्धानबाट राजीनामा दिएको विषयमा समेत उनले प्रश्न उठाउँदै उनले भने, ‘केसीले शक्तिशालि अपराधीहरुबाट मेरो ज्यान खतरामा रहेको भन्दै सरकार समक्ष आफ्नो जीवनरक्षाका लागि अपिल गरेका थिए । आखिर यो अवस्था किन र कसरी आयो ? यी शक्तिशाली भनिएका अपराधीहरु को हुन् ?’