आजको राशिफल: यी राशिको महत्वपूर्ण काम बन्ने

प्रकाशित मिति : : शुक्रबार, भदौ २९, २०७५

काठमाडौँ, भदौ २९।। आज वि.सं. २०७५ साल भदौ २९ गते शुक्रबार इश्वी सन् २०१८ सेप्टेम्बर १४ तारिख,नेपाल संवत् ११३८ ञलाथ्व, भाद्र शुक्लपक्ष तिथि पञ्चमी ।

मेष राशिः महत्वपूर्ण बस्तु लाभ होला । सवारीसाधनबाट लाभ होला । सुखद यात्रा होला । विपरीत लिङ्गीको सहयोगले महत्वपूर्ण काम बन्ला ।

वृष राशिः मित्रबाट साथ सहयोग बढ्ला । धन लाभका नयाँबाट भेटिएलान् । मानसम्मान बढ्ला । मन हर्षित होला । दिन अनुकूल होलान्। उद्योग व्यवसाय गर्ने जोशजाँगर बढेर आउला ।

मिथुन राशिः आफूभन्दा तल्लो तहका व्यक्तिबाट सहयोग प्राप्त होला । कार्य सफल होला । अध्ययनमा रुचि बढेर जाला ।

कर्कट राशिः समस्या बढेर जाला । मानसिक चिन्ता पर्ला । अनावश्यक दुःख गर्नुपर्ला । समस्याले सताउला । सहयोग गरिदिने मानिसले पनि सहयोग नगर्लान् ।

सिंह राशिः उद्योग व्यवसाय सफल होला । दिन शुभ होला । काम गर्ने जोशजाँगर बढेर आउला । स्वजनको सुख र सहयोग प्राप्त होला ।

कन्या राशिः बौद्धिक क्षेत्रमा हानी होला । पठनपाठनको क्षेत्र कमजोर होला । मन शान्त होला । आफन्तको सामान्य सहयोग मिल्ला ।

तुला राशिः मित्रजनको सुख सहयोग प्राप्त होला । मन हर्षित होला । अन्न तथा द्रव्य लाभ होला । मनमा आनन्द होला । मिष्ठान्न भोजन प्राप्त होला ।

बृश्चिक राशिः धनमाल वृद्धि होला । आनन्द तथा सुख प्राप्त होला । अतिथिको सत्कार मिल्ला । भाग्यले साथ दिनेछ । रोगबाट छुटकारा मिल्नेछ । मित्रजनको साथसहयोग होला ।

धनु राशिः गरगहना तथा बस्त्र अलंकार प्राप्त होला । दिन शुभ होला । प्रशन्नता बढ्ला । धनलाभ होला । सुख मिल्ला । अतिथि आगमनले मनमा हर्ष बढ्ला ।

मकर राशिः विशिष्ट व्यक्तिको सहयोग प्राप्त होला । मानसम्मान, वृद्धि होला । सोचेका काम सफल होलान् । स्वास्थ्य सबल होला । मानसिक तथा शारीरिक समस्यामा धन खर्च होला ।

कुम्भ राशिः देश विदेशको यात्रा गर्ने अवसर मिल्ला । राज्यपक्षबाट सुख सहयोग मिल्ला । दहन बस्त्र प्राप्त होला । मन हर्षित होला ।

मीन राशिः रोगको भय होला । आर्थिक अभाव बढ्ला । शत्रुले बाधा गरिदेलान् । धननाश होला । अपमान सहनु पर्ला । स्वास्थ्यसम्बन्धी समस्या आउला । झन्झटिलो यात्रा होला ।