घट्यो सुनचाँदीको मुल्य

प्रकाशित मिति : : शुक्रबार, भदौ २९, २०७५

gold silver

काठमाडौँ,भदौ २९ । बिहीबारको तुलनामा आज सुनचाँदीको मुल्य घटेको छ । बिहीबारको तुलनामा सुन प्रतितोला २ सय रुपैयाँ र चादीमा ५ रुपैयाले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघबम अनुसार बिहीबार ५८ हजार २ सयमा कारोबार भएको सुन आज शुक्रबार ५८ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै चादी बिहीबार ७२० मा कारोबार भएको थियो भने आज शुक्रबार ७ सय १५ मा कारोबार भइरहेको छ । संघका अनुसार तेजावी सुन प्रतितोला ५७ हजार ७ सय रुपैंयामा कारोबार भईरहेको छ ।