निर्मला हत्या प्रकरणः अपराधी जो सुकै होस्, कारबाही गरेरै छाड्छौं – गृहमन्त्री ‘बादल’

प्रकाशित मिति : : शुक्रबार, भदौ २९, २०७५

काठमाडौँ,भदौ २९ ।। गृहमन्त्री रामबहादुर थापा बादलले  कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न अपराधीहरु छिट्टै कानूनको कठघरमा उभिने बताएका छन् ।

संघीय संसदको माथिल्लो सदन राष्ट्रियसभाका सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै गृहमन्त्री थापाले यो घटनाको अनुसन्धानमा सरकार गम्भीरताका साथ लागिरहेको बताए ।

थापाले भने अपराधीहरु छिट्टै कानूनको कठघरमा उभिने छन्, अपराधी जो सुकै भए पनि उम्कन पाउदैनन् ।

उनले यसअघि आफूले प्रहरीले पक्राउ गरेका दीलिपसिंह बिष्ट नै दोषी हुन भनेर नभनेको जिकिर गरे । उच्चस्तरीय छानबिन समितिका एक जना सदस्य उपसचिव विरेन्द्र केसीले राजीनामा दिएको सन्दर्भमा गृहमन्त्री थापाले गृह मन्त्रालयले शान्तिसुरक्षा दिने प्रतिवद्धता जनाएपछि केसी काममा फर्किएको बताए ।