निर्मला हत्याकाण्डः २ डीएसपीसहित ४ प्रहरी निलम्बनमा

प्रकाशित मिति : : शनिबार, भदौ ३०, २०७५

काठमाडौँ । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको जिम्मेवारीपूर्वक अनुसन्धानमा नगरेको भन्दै केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का डीएसपी अंगुर जिसीसहित चार प्रहरी निलम्बनमा परेका छन् ।

घटनाको छानविन गरिरहेको सहसचिव हरिप्रसाद मैनाली नेतृत्वको उच्चस्तरीय समितिले शनिबार गृहमन्त्री रामबहादुर थापा बादललाई प्रारम्भीक प्रतिवेदन बुझाएको छ ।

प्रतिवेदनमा बालिकाको हत्यापछि गर्नुपर्ने अनुसन्धान कार्य जिम्मेवारीपूर्जक गर्न नसकेका सुरक्षाकर्मीलाई नै अनुसन्धानको दायरामा ल्याउन सिफारिस गरिएको छ ।

गृह मन्त्रालयले सिआइबीका डीएसपी ज्ञानबहादुर सेटी, अंगुर जिसी, प्रहरी उपरीक्षक जगदिश भट्ट, प्रहरी निपरीक्षक एकेन्द्र खड्का र प्रहरी सहायक निरीक्षक रामसिंह धामीलाई निलम्न गरिएको गृह मन्त्रालयले जनाएको छ । यो घटनामा कञ्चनपुरका एसपी डिल्लीराज विष्ट यसअघि नै निलम्बनमा परेका छन् ।

प्रतिवेदनले केही औल्याएका संदिग्ध व्यक्तिहरुलाई छानविनको दायरामा ल्याई अनुसन्धान अगाडि बढाउन निर्देशन दिएको छ ।
घटनालाई गम्भीरतापूर्वक लिएर अनुसन्धान भइरहेको भन्दै विज्ञप्तिमा भनिएको छ ।

डिएसपी जिसी सिआइबीबाट कञ्चनपुरमा खटेका थिए। गम्भिर प्रकृतिको घटनामा पनि जिसिले सामान्य रुपमा लिएको आरोप लागेको छ। उनले गरेको कामले सिआइबीको कार्यक्षमतामा नै प्रश्न उठेको छ।

गृह मन्त्रालयले गठन गरेको छानबिन समितिले ती प्रहरी अधिकारीको भुमिकासमेत शंकास्पद गरेको बताएपछि उनीहरुलाई निलम्बन गरिएको हो ।

यस्तो छ विज्ञप्ति: