हत्यारा ‘गो ब्याक’ भन्दै अमेरिकामा डा. बाबुराम भट्टराईको बिरोध (भिडियो सहित)

प्रकाशित मिति : : आइतवार, भदौ ३१, २०७५

काठमाडौं, भदौ ३० । नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्ध अमेरिकामा विरोध प्रदर्शन भएको छ । अमेरिकामा रहेका केही नेपाली युवाले डा. भट्टराईको बिरोध गरेका हुन् ।

डा. भट्टाराई एक कार्यक्रममा सहभागी हुन जाने क्रममा उनीमाथि कालो झण्डा सहित केही युवाले विरोध प्रदर्शन गरेका हुन् ।  डिसी मेट्रो एरियाबाट टेक्सस जाने क्रममा डा भट्टराई र हिसिला यमीको बिरोधमा कालो झण्डा देखाउँदै नेपाली युवाले नाराबाजी समेत गरेका थिए ।

तत्कालिन माओवादी युद्धमा हजारौं नागरिकको मृत्यु भएको भन्दै उनीहरुले डा. भट्टराईविरुद्ध प्रदर्शन गरेको बताएका छन् । तत्कालिन माओवादीका नेताहरुले नेपालीमाथि ठूलो अपराध गरेको उनीहरुको आरोप छ । ‘गो ब्याक’ भन्दै उनीहरुले प्रदर्शन गरेका थिए ।

भिडियो:

‘हत्यारा घर फर्क !’ भन्दै अमेरिकामा कालोझन्डा सहित डा. बाबुराम भट्टराईको बिरोध भएको छ ।

‘हत्यारा घर फर्क’ भन्दै अमेरिकामा कालोझन्डा सहित डा. बाबुराम भट्टराईको बिरोध भएको छ ।

Naya Post.comさんの投稿 2018年9月15日土曜日