एल. पि. ग्यास उधोग संघका अध्यक्ष भन्छन्: दशै अघि ग्यास आपुर्तिमा संकट आउन सक्छ

प्रकाशित मिति : : आइतवार, भदौ ३१, २०७५

काठमाडौ,भदौ ३१ । नेपाल एल. पि. ग्यास उधोग संघले नेपालमा विगत पाच दशक देखि उपभोग्ताहरुलाई सुवीधा दिदै आएको छ ।

विगत करिव दश वर्षदेखि एल. पि. ग्यासको आपुर्तिमा नेपाल सरकारले ग्यास सम्बन्धी समस्याको संबोधन नगर्दा नेपालमा भएका सम्पुर्ण ग्यास उधोगहरु मर्कामा पर्दे आएका छन् ।

आज काठमाडौको अनामनगर स्थित नेपाल एल. पि.ग्यास उधोग संघका अध्यक्ष गोकुल भण्डारीले पत्रकार सम्मेलन गर्दे ढुवानीमा खर्च बढेकाले ग्यास ढुवानीमा समस्या आउने भएकाले आपुर्तिमा संकट आउने अवस्था सृर्जना हुन सक्ने बताए ।

संघका अनुसार ढुवानी गर्ने क्रममा लाग्ने खर्च बढेका कारण अहिले ग्यास ढुवानीमै समस्या सृर्जना हुन लागेको छ । एल. पि. ग्यास उधोग संघका अध्यक्ष गोकुल भण्डारीले आज जारी गरेको विज्ञप्ति पढ्दै भने, हामीले ग्यास आपुर्ति र संच्चालन सम्बन्धी समस्याहरु वारेमा मिति २०६९ ०४ १५ मा संघको तर्फबाट माग पत्र नेपाल सरकार समक्ष पेश गरेको तर अहिले सम्म कुनै समाधान नभएको बताए ।

उनले हाल सम्म नेपाली नम्बर प्लेटका बुलेटहरु संच्चालनमा आउन नसक्नु,भारतीय एल पि ग्यास ढुवानी कर्ताहरुबाट डिजल लगाएत विविध खर्च बढेका कारण अव उप्रान्त ढुवानी गर्न नसकिने भन्दै ढुवानी कर्ताहरुले लिखित पत्र बुझाएकाले एल पि ग्यास आपुर्तिमा अवरोध आउन लागेको बताए ।

अध्यक्ष भण्डारीका अनुसार ग्यास आयात देखि विक्री वितरण सम्म आइपुग्दा हुने विभिन्न चरणका खर्चहरु जस्तै,डिजेलको मुल्य वृद्धि ,कर्मचारीको तलव वृद्धि,बैंकको ऋणको व्याजमा वृद्धि ,भन्सार नाकामा वृद्धि, भारत तर्फ र नेपाल तर्फ लगाइने विभिन्न सुल्क र अन्य खर्चहरुमा समेत वृद्धि हुनुले पनि उधोग खर्च लगाएतमा अत्याधिक वृद्धि भएको बताए । उनले उधोगका विभिन्न समस्याहरु प्रस्तुत गर्दे माग सहितको ज्ञापनपत्र पेश गरेपनि सो माग कुनै सम्बोधन नभएको बताए ।

दिन प्रति दिन उधोगको समस्याहरु विकराल हुदै गएको कारण आपुर्तिमा समस्या सृर्जना हुन लागेको बताए । नेपालीहरुको महान चाड पर्वहरु नजिकिदै गरेकाले ग्यासको माग अझ वृद्धि हुने र सोही अनसपातमा ग्यास उधोगको खर्चमा पनि रहेको संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

पत्रकारले चाड पर्वको बेलामा मात्र ग्यासको मुल्य वृद्धि हन्छ ? भन्ने प्रश्नमा एल. पि. ग्यास उधोग संघका अध्यक्ष गोकुल भण्डारीले भने, चाड पर्वको बेला धेरै मात्रामा ग्यास आपुर्ति गर्नुपर्छ । अहिले भारतीय ढुवानी कर्ताहरुले हामी यो शुल्कमा बोक्न सक्दैनौ भनेका छन्,। विगत देखि नै उनिहरुले ग्यास आयात गर्दा अहिले दिइरहेको कमिसनमा बोक्न सक्दौनौ भनेका छन्  । हामीले सरकारलाई समस्याहरु बताउदा कुनै समस्याको संबोधन भएको छैन । यदि ढुवानी कर्ताहरुले ग्यास आयात गर्न छोडे भने दशै अघी नै नेपालमा ग्यासको समस्या हुन सक्छ, हामीले कमिसन खाने हैन तर आयात कर्ताहरुले लागत पाएनन् भने त ग्यास आयात बन्द हुन्छ भण्डारीले भने ।

संघको तर्फबाट नेपाल सरकार समक्ष पेश भएका मागहरु तत्काल संबोधन गर्न एल. पि. ग्यास उधोग संघले जोडदार माग गरेको पनि विज्ञप्तिमा भनिएको छ ।