यी हुन् विषाक्त मदिराका कारण मलेसियामा ज्यान गुमाउने नेपालीहरु, (नामसहित)

प्रकाशित मिति : : बुधबार, अशोज ३, २०७५

काठमाडौं, असोज ३ । विषाक्त मदिरा सेवनबाट ज्यान गुमाउने ६ जना नेपालीको सनाखत भएको छ । क्वालालुम्पुरस्थित नेपाली दूतावासका अनुसार ६ जना नेपालीको पहिचान भएको छ भने १६ जना नेपाली बिरामी रहेको र उनीहरुको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ ।

मृत्यु हुनेहरुमा बसेरी–३ धादिङका विवश घले भनिने मिम बहादुर घले, मसिना–६, रुपन्देहीका राम कुमार यादव, अमरगढी–५ डडेलधुराका विशाल बुढाथोकी, पश्चिम कुशाहा– ९, सुनसरीका सञ्जय उराव, सिद्धिथुम्का–९ इलामका बलबहादुर कुलुङ र ठेगाना नखुलेका आइतसिंह गोले रहेका छन् । अन्य १६ जनाको भने विभिन्न अस्पतालमा उपचार भइरहेको नेपाली राजदूतले जनाएको छ ।