प्रचण्डले भने: नेपाल कम्युनिष्ट पार्टी सकिन सक्छ ! (भिडियो सहित)

प्रकाशित मिति : : सोमवार, अशोज ८, २०७५

prachanda/akhabardainik

काठमाडौँ,असोज ८ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनचाहना अनुरुप काम गर्न नसके जनताले आगामी दिनमा नपत्याउने बताएका छन् ।

स्थानीय तहदेखि केन्द्रसम्म नै धेरै जनताको सर्मथनप्राप्त सरकार रहेको बेलामा पनि काम गर्न नसकिए सकिने खतरा हुने टिप्पणी गरे ।

सोमबार चितवन जिल्ला समन्वय समितिको दोस्रो जिल्लासभा उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले केन्द्र, प्रदेश र स्थानीय तहमा पार्टीको उपस्थित बलियो भएको बेलामा पनि काम गर्न नसके त्यसको परिणाम राम्रो नहुने बताएका हुन् ।

‘हामीले काम गर्न सकेनौं भने जनताले हामीलाई पत्याइदिरहनु पर्दछ भन्ने आवश्यकता छैन, जनताले विकल्प खोज्छन्’ अध्यक्ष प्रचण्डले अगाडि थपे, ‘यो त कम्युनिष्ट पार्टीका लागि निकै दुर्भाग्यको विषय हुन्छ ।’

‘केन्द्र, प्रदेश र स्थानीय तहमा हाम्रो पार्टीले जितेको छ । यस्तो अवसर हुँदा समेत हामीले केही गर्न सकेनौं भने भोलि हामीले गर्न सक्छौं भनेर भाषण गर्दा कसले पत्याउँला ?’ प्रचण्डले प्रश्न गरे ।

प्रचण्डले त्यसका लागि जनप्रतिनिधिहरु गम्भीर बन्नु पर्ने बताए । उनले हरेक स्थानीय तहले आवश्यकताका आधारमा प्राथमिकता छुट्याउन पर्ने र हरेक स्थानीय तहको एउटा भिजन हुनुपर्ने उल्लखे गरे ।

जिल्ला समन्वय समिति चितवन, दोश्रो जिल्ला सभा उद्घाटन समारोहमा क. प्रचण्ड

क. प्रचण्ड / Comrade Prachandaさんの投稿 2018年9月23日日曜日