फेसबुकको मूख्यालय पुगेर डा. भट्टराईले दिए यस्तो प्रतिकृया

प्रकाशित मिति : : शुक्रबार, अशोज १२, २०७५

सन् २०४० सम्म नेपालको प्रतिव्यक्ति आय १५००० डलर पुर्याउछौँ

काठमाडौँ,असोज १२ । नयाँ शक्ति नेपालका संयोजक एवम् पुर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई फेसबुकको हेडक्वार्टर पुगेका छन् ।

बुधबार भट्टराई फेसबुकको हेडक्वार्टर पुगेर सबैलाई नमस्कार भन्दै अभिवादन गरेका छन् । उनको फेसबुकमा हेर्दा भट्टराई,पत्नी हिसिला यमी र अन्य साथीहरु देखिन्छन् ।

उनले त्यहा पुगेर भनेका छन्, फेसबुकको हेडक्वार्टरबाट सबैलाई नमस्कार छ है ।  उनि हेडक्वार्टर पुगेपछी दुरबिन नेपालको लाइभमा पनि जोडिएका थिए । उनले सो लाइभमा भनेका छन्, नेपाललाई सन् २०२२ अर्थात अब चार वर्ष सम्ममा अर्धविकसित बाट विकसित अवस्थामा पुग्ने बताए । उनले भनेका छन् अहिले प्रतिव्यक्ति आय १००० डलर छ, त्यसलाई चार वर्षसम्म डबल बनाउने छौ । उनले अब सन् २०३० सम्ममा प्रतिव्यक्ति आय ५०००  डलर बनाएर मध्यम स्तरमा पुग्ने र सन् २०४० मा १५०००  डलर प्रतिव्यक्ति आय पुर्याउने बताएका थिए ।

उनले भनेका छन्, हामीले सबै राणाहरुलाई अन्त्य गरेर संविधान बनाएका छौ । हामीले सबै राणाहरुको अन्त्य गरेका छौ, अब सबै देश एकताबद्ध भयो भने देश समृद्ध हुनेछ उनले भने ।